jkmv-english-1784299234.jpg
Wednesday, 29 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

दामनको फलफूल बजारमा !

FB_IMG_1693152067546-1693153082.jpg

 

 मकवानपुरको थाहा नगरपालिकाको दामनस्थित बागवानी नर्सरी केन्द्रमा यतिखेर स्याउलगायतका फलफूल लटरम्म फलेका छन्। फलफूलका बिरुवाहरू उत्पादन गरी बिक्री वितरण गर्ने उद्देश्यले स्थापना भएको बागवानी नर्सरी केन्द्रमा फलफूलका बिरुवा मात्र होइन मौसमअनुसारका फलफूल उत्पादन हुँदै आएको छ। 

केन्द्रमा गोल्डेन, डेलिसियस, रेड डेलिसियस, फुजीलगायतका जातका स्याउसँगै आरुबखाडा, नास्पाती, आरु, किबीफल लगायतका फलमा विभिन्न जातका फलफूलका बोट छन्।

केन्द्रबाट हाल स्याउ, आरुबखडा, नास्पाती र आरु उत्पादन गरी बजारमा बिक्री भइरहेको छ। केन्द्रका प्राविधिक समीर मगरका अनुसार किवीफल, हलुवावेद, ओखर र कटुस भने दशैँताका निस्कनेछ। 

उहाँले केन्द्रका उत्पादित फलफूल नर्सरीमा भ्रमणमा आउने र स्थानीयलाई बिक्री गर्दै आएको बताउँदै व्यावसायिक प्रयोजनका लागि भन्दा पनि कटिङ गरी बिरुवा बनाएर बिक्री गर्न संरक्षण गरिएका बोटबाट उत्पादन हुने फलफूल बिक्री गर्ने गरिएको बताउनुभयो। 

बागवानी केन्द्रमा उत्पादित किवी

यो वर्ष स्याउ छ सय केजी, आरुबखडा दुई हजार पाँच सय केजी, नास्पाती दुई सय केजी उत्पादन हुने अनुमान छ। यस्तै पछि निस्कने किवीफल चार सय केजी, हलुवावेद दुई सय केजी, ओखर पाँच सय केजी र कटुस सय केजी उत्पादन हुने अनुमान गरिएको छ। 

केन्द्रमा उत्पादन भएको आरुबखडा मकवानपुरकै चित्लाङस्थित गट चिज होमस्टेमा वाइन बनाउन लगिएको छ। केन्द्रका प्राविधिक मगरले स्याउ सुरुमा प्रति केजी सय रुपियाँमा बिक्री गरिएकोमा पछिल्लो समयमा प्रति केजी १५० रुपियाँमा बिक्री हुँदै आएको छ। 

आरुबखडा प्रति केजी २०, नास्पाती प्रतिकेजी ३० र आरु प्रतिकेजी ३० रुपियाँमा केन्द्रले बिक्री गरेको प्राविधिक मगरले जानकारी दिनुभयो। केन्द्रबाट खरिद गरिएको स्याउ स्थानीय बजारमा प्रति केजी दुई सयदेखि तीन सय रुपियाँसम्ममा बिक्री हुने गरेको जनाइएको छ। 

दामनमा फलेको स्याउ,

दामन क्षेत्रमा बढी पानी पर्ने र हुस्सु बढी लाग्ने भएकोले अन्यत्रको भन्दा फलफूल कम स्वादिष्ट हुने बताउँदै उहाँले गत वर्षभन्दा यो वर्ष फलफूल बढी उत्पादन भएको सुनाउनुभयो। गत आवमा केन्द्रले विभिन्न जातका गरी २६ हजार फलफूलका बिरुवा उत्पादन गर्ने लक्ष्य राखेकोमा २० हजार वटा उत्पादन भएर १० हजार मात्र बिक्री गरेको छ। 

केन्द्रले गत आवमा फलफूल र फलफूलका बिरुवा बिक्रीबाट १२ लाख रुपियाँ आम्दानी गरेको थियो। 

दामनमा उत्पादित फलफूल बागवानी संग खरिद गरेर बिक्री गर्दै दामनका सिवकुमार खत्री

गोरखापत्र अनलाइन बाट,

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...