pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा ८ का फरक क्षमता भएकालाई घुम्ती शिविरबाट अपाङ्गता परिचय पत्र वितरण

CamScanner-०४-१०-1681136677.jpg

थाहा नगरपालिका महिला बालबालिका ,जेष्ठ नागरिक तथा अपांगतता परिचयपत्र वितरण शाखाको आयोजनामा फरक क्षमता भएका व्यक्तिहरूको पहिचान सहित अपाङ्गता परिचय पत्र वितरण घुम्ती शिविर कार्यक्रम आइतबारबाट थाहा ८ आग्रामा  गरिएको छ ।
वडा नं ८  स्थित आग्रा  स्वास्थ्य चौकीमा अपाङ्गता पत्र वितरण  गरिएको हो ।
घुम्ती शिविर बाट वडाका २४ जना अपांगतता भएकाले परिचयपत्र बनाएको अपांग परिचयपत्र वितरण शाखाकी शाखा प्रमुख प्रतिमा मोक्तानले जानकारी दिनुभयो।

अपाङ्गता भएका व्यक्तिलाई घरदैलोमै अपाङ्गता परिचय पत्र वितरण गर्ने उद्देश्यले वडास्तरीय घुम्ती शिविर सञ्चालन गरिएको नगर उपप्रमुख भरत गोपालीले बताउनुभयो।
वडा भित्रका अपाङ्गता भएका व्यक्तिहरूको उचित तरिकाले पहिचान गरी सरकारबाट पाउने सेवा सुविधा व्यवस्थापनमा कुनै कमी नहोस भनेर शिविरको आयोजना गरिएको  नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अजित घिमिरेले बताउनुभयो ।

नगरपालिकाले निर्माण गरेका अपाङ्गता सम्बन्धी ऐन,बमोजिम पूर्ण अशक्त अपाङ्गता, अति अशक्त अपाङ्गता, मध्यम अपाङ्गता र साधारण अपाङ्गता गरी चार किसिमको परिचय पत्र वितरण गरेको  सामाजिक बिकास शाखाका प्रमुख अनिल लामिछानेले बताउनुभयो।
शिविरमा पालुङ स्वास्थ्य केन्द्रका प्रमुख  डाक्टर शक्ति चौरासिया र स्वास्थ्यकर्मी करुणा सापकोटाले  अपाङ्गहरूको स्वास्थ्य परीक्षण गरी अपाङ्गताको वर्गीकरणको सिफारिस गर्नु भएको थियो ।
शिविरमा थाहा,थाहा नगर उपप्रमुख भरत गोपाली, ८ का वडा अध्यक्ष हेमराज थिङ,थाहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अजित घिमिरे,सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने ,अपांग परिचयपत्र वितरण शाखा प्रमुख प्रतिमा मोक्तान,थाहा नगर सामाजिक विकास सदस्य पवित्रा सिंह ठकुरी,आइ एम एस शाखाका लक्ष्मण कडेल ,अपांग बाल अस्पतालका स्वास्थ्यकर्मी रुद्र सापकोटा ,अपांग सरोकार मंच थाहाका अध्यक्ष मनलाल गोपाली ,आग्रा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुको समेत सहभागी रहेको थियो ।
घुम्ती शिविरमा अपांगतता भएकाहरुको स्वास्थ्य परिक्षण समेत गरियको थियो।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...