pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा ४ ले अपांगतता भएका दुई जनाको नागरिकता बनाउन हेटौंडा लादै ।

FB_IMG_1695036721977-1695036753.jpg

थाहा नगरपालिका वडा न ४ ले वडाको दुई जना अपांगतता भएकाको नागरिकता बनाउनको निम्ति घरमै पुगेर सिफारिस बनाएको छ।
वडाको किटेनीमा रहेको रामचन्द्र अधिकारीका पुर्ण अपांगतता भएका  छोरा बर्ष २० का प्रज्वल अधिकारी र सोही स्थानका सानीकान्छी घलेका छोरा बर्ष ३२ का ओम बहादुर घलेको नागरिकता वडा कार्यालय आफैले हेटौंडा पुर्याएर बनाउन लागेको हो।
वडा अध्यक्ष नारायण लामाका अनुसार गाह्रो हुने हुँदा उमेर पुगेर पनि परिवारले नागरिकता बनाउन ल्याउन नसकेका घटनाहरू छन्, यसले ती नागरिक नागरिकताविहीन हुने, सरकारले प्रदान गर्ने सेवा सुविधाबाट समेत वञ्चित हुनुपर्ने अवस्था हुने हुँदा वहाँ हरुको नागरिकता बनाउन सहजीकरण गरेको बताए।
वडाको यस कार्यको प्रसंसा गर्दै प्रज्वल अधिकारीका बाबू रामचन्द्र अधिकारीले वडाले पनि अभिभावकको  भूमिका निर्वाह गरे सबै अपाङ्गता भएका नागरिकले सहज रुपमा नागरिकता प्राप्त गर्ने र राज्यबाट पाउने सेवा सुविधाबाट उनीहरु वञ्चित हुनु नपर्ने उनले बताए ।

अधिकारी २० बर्षका भए उनी जन्मेको केही महिनामा नै शरीरको कुनै अंग नचल्ने भएका थिए भने घले ३२ बर्षका भए उनी मानसिक अपाङ्गता भएका  हुन।

FB_IMG_1695036726362-1695036756.jpg
FB_IMG_1695036731804-1695036780.jpg
FB_IMG_1695036716243-1695036780.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...