pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा-४ ठूलाेमाखुका महिलाहरुले बनाए बाँस र निगालाेका आकर्षक सामग्री, बिक्री शुरु

FB_IMG_1678293387794-1678293401.jpg

थाहा नगरपालिका वडा नम्बर ४ ठूलाेमाखुका महिलाहरुले स्थानीय क्षेत्रमा पाइने बाँस र निगालाेकाे सदुपयाेग गरेर आकर्षक हस्तकलाका सामान उत्पादन गरेका छन् । थाहा नगरपालिकाकाे लघु उद्यम विकास कार्यक्रमले प्रदान गरेकाे १५ दिनकाे तालिमसँगै महिलाहरुले बाँस र निगालाेका सामान उत्पादन गरेका हुन् ।

उनीहरुले उत्पादन गरेका सामानहरुमा मुडा, फाेटाे फ्रेम, कलमदानी, फूलदानी र र्याक रहेका छन् । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत ठूलाेमाखुका १५ जना महिलाहरुलाई स्वराेजगारीका लागि तालिम दिइएको हाे ।

तालिमकाे पन्ध्रौं दिन अन्तर्राष्ट्रिय नारी दिवसकाे दिन समापनकाे अवसरमा महिलाहरुले आफूहरुले सिकाईकै क्रममा निर्माण गरेका सामानहरु प्रदर्शन गरे । साे अवसरमा सीप विकास तालिमकाे प्रमाणपत्र ग्रहण गर्दै निरमाया बल, स्मृति थाेकर, सुमित्रा थाेकर लगायतले तालिम पछि अब व्यवसायिक ढंगले उत्पादन गर्ने बताए । उनीहरुले एक श्वरमा भने- "लगानी, बजार, समय, कामदार, प्रविधि, स्थानीय श्राेत आदिलाई विश्लेषण गरेर सामूहिक रूपमा हामीले निगालाेकाे सामान बनाउने तालिम राेजेका हाैँ । अब व्यवसायी बन्छाैँ ।" उनीहरुले लालीगुराँस महिला उद्यम समूह गठन गरिसकेका छन् ।

हिलाहरुले उत्पादन गरेकाे सामग्री नयागाउँमा थाहा नगरपालिकाले सञ्चालनमा ल्याएकाे काेशेली घरमा विक्रीका लागि राखिने नगरपालिकाकाे लघु उद्यम सहजकर्ता सुनिता बुढाले बताइन् ।

तालिमकाे समापनमा लघु उद्यम विकास कार्यक्रमका अधिकृत कुमार नेगी, प्रशिक्षक रामकुमार राई, वडा सदस्य चन्द्रमाया थिङ, लघु उद्यम सहजकर्ता सुनिता बुढा लगायतले व्यवसायिक निरन्तरताकाे लागि महिलाहरुलाई आग्रह गरेका थिए ।

महिलाहरुले उत्पादन गरेकाे सामानकाे विक्री शुरु भएकाे समूहले जनाएकाे छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...