pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा ४ को सक्रियतामा अपाङ्गता भएका व्यक्तिलाई नागरिकता

FB_IMG_1748526898876-1748526934.jpg

 

शारीरिक एवं मानसिक अपाङ्गता भएर हिँडडुल गर्न नसक्ने मकवानपुरको थाहा नगरपालिका–४, नारायण झ्याउकी रुबिना रुम्बालाई वडाको पहलमा नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । वडाको समन्वयमा थाहा नगरपालिकाको गाडीमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ल्याएर बुधवार २२ वर्षीय रुम्बालाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो ।

रुम्बालाई प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले प्रशासनको प्राङ्गणमा आएर नागरिकता वितरण गरिन । उनले नागरिकताको प्रमाणपत्र हस्तान्तरण गर्दै शारीरिक अपाङ्गता भएर जिल्ला प्रशासन कार्यालय सम्म आउन नसक्नेका लागि प्रशासनले घरमै पुगेर सेवा दिने प्रतिबद्धता जनाइन । उनले निवेदन आएकाहरूको बारेमा छानबिन भएपछि प्रक्रिया पुर्याएर घरमै पुगेर नागरिकताको प्रमाणपत्र उपलब्ध गराउने जानकारी दिइन् ।

थाहा नगरपालिका ४ नं. वडाध्यक्ष नारायण लामाको पहलमा नगरपालिकाको गाडीमा हेटौँडा स्थित जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ल्याएर नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको थियो । नागरिकताको प्रमाणपत्र भएसँगै अपाङ्गता परिचयपत्र बनाउने प्रक्रिया अगाडि बढाइएको छ । अति अशक्त अपाङ्गता भएकालाई परिवारले नागरिकता बनाउन प्रशासनमा ल्याउन नसक्दा ती नागरिक नागरिकताविहीन हुने र उनीहरूले सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न वडा कार्यालय लागिरहेको उनको भनाई छ ।

रुम्बालाई नागरिकता दिलाउनका लागि वडाध्यक्ष लामा सहित वडा सचिव पाल्साङ लामा, वडा सदस्य चन्द्रमाया थिङ, किटेनी  रुप्से टोल विकास संस्थाका अध्यक्ष गणेश लामा सहितको टोली थाहा नगरबाट हेटौँडा आएका थिए । २०८० सालमा शारीरिक एवं मानसिक अपाङ्गता भएका दुई जनालाई वडा कार्यालयको सक्रियतामा प्रशासनसँग समन्वय गरेर नागरिकताको प्रमाणपत्र दिलाइएको थियो।

FB_IMG_1748526908609-1748526935.jpg
FB_IMG_1748526901609-1748526952.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...