pani-1786865868.jpg
Friday, 18 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा ४ को माथिल्लो भेगको जग्गाको मोठ र श्रेस्ता हेटौंडा बाट सार्न पहल

1718205061272-1718206242.jpg

२०७३ साल फागुन १९ गते थाहा नगरपालिकामा मालपोत र नापी कार्यालयको संयुक्त कार्यालय सुरुवात भएपछि जिल्लाको उत्तरी भेगमा अवस्थित तीन वटा पालिका कैलाश गाउँपालिका,इन्द्रसरोवर गाउँपालिका तथा थाहा नगरपालिका भित्र पर्ने साबिकका १८ वटा गाबिस हरुको मालपोत तथा नापी सम्बन्धि कार्य गर्न हेटौंडा जानुपर्ने बाध्यता हटेपनी थाहामा कार्यालय खुलेको ९ बर्ष गैसक्दा पनि तत्कालीन दामन गाबिस वडा न ७ हाल थाहा नगरपालिका वडा न ४ को माथिल्लो भेग ठूलो माखु,जगरघारी,नारायणझ्याउका बासिन्दा भने अझै पनि हेटौंडा जाने बाध्यता बाट हट्न नसकेपछी समस्या समाधानको निम्ति पहल थालिएको छ।
नेकपा माओवादी केन्द्र थाहा नगर अध्यक्ष बिनोद कुमार लामा र वडा न ४ का अध्यक्ष नारायण लामा सहितको टोलिले ३० जेठमा मालपोत कार्यालय शिखरकोटका प्रमुख र नापी कार्यालयका प्रमुखलाई भेटी साविक दामन गाबिस ७ हाल थाहा ४ को (तत्कालिन भिमफेदी ४) मा लगत रहेका जग्गा धनिहरुको मोठ नापी/मालपोत कार्यालय शिखरकोटमा नआएको कारण त्यस क्षेत्रका बासिन्दाहरु हेटौडा पुग्नु पर्ने बाध्याता रहेको गुनासो सहित समस्याको समाधान गरिदिन आग्रह गरेका छन।
आग्रह सहित टोलिले जग्गाधनी पुर्जाको प्रतिलिपी,निवेदन,वडा र नगरको सिफारिस सहित फाइल मालपोत कार्यालय शिखरकोट र नापी कार्यालय शिखरकोट समक्ष पेस गरेका छन।
फाइल बुझ्दै दुवै कार्यालयका प्रमुख हरुले फाइल तत्काल बिभाग पठाइने र समस्या समाधानको निम्ति पहल गरिने बताएको माओवादी केन्द्रका नगर अध्यक्ष विनोद कुमार लामाले जानकारी दिए।

 

1718205058172-1718206242.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...