pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा ४ को जेष्ठ नागरिक स्वास्थ्य शिविरमा १ सय ३९ को स्वास्थ्य परिक्षण

FB_IMG_1746022185208-1746022221.jpg

थाहा नगरपालिका ४ नम्बर वडा कार्यालय द्वारा आयोजना गरिएको जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य शिविरमा १ सय ३९ जना जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको छ।
वडा न ४ को आर्थिक बर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुरुप शिविरको आयोजना गरिएको वडा अध्यक्ष नारायण लामाले जानकारी दिए।
बैशाख १६ र १७ गते दुई दिन चलेको शिविरमा दम,ब्लड प्रेसर र सुगरको रोग पहिचान भएको शिविरमा संलग्न प्राथमिक स्वास्थ्य केन्द्र पालुङका प्रमुख डाक्टर जोनसन बिकले बताए।
वडाको माथिल्लो भेगको दामनमा अवस्थित दामन शहरी स्वास्थ्य केन्द्रमा १६ गते ५३ जना जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिएको थियो भने १७ गते किरातेश्वर जेष्ठ नागरिक मिलनकेन्द्र किटेनीमा ८६ जना जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिएको थियो।
शिविरमा पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानका विशेषज्ञ डाक्टर सृजना गौचन,पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर ज्ञानेन्द्र ठाकुर,डाक्टर जोनसन बिक,स्वास्थ्यकर्मी चिनियाँ लामाले स्वास्थ्य परिक्षण गरेका थिए।
निशुल्क औषधि समेत बितरण गरिएको शिविरमा १७ जना जेष्ठ नागरिकमा जटिल किसिमको दम रोगी लाई बैशाख १९ गते शुक्रबार प्राथमिक स्वास्थ्य केन्द्र दोबाटोमा निशुल्क निमोनिया बिरुद्धको खोप लगाइने  वडा न ४ का सचिव पाल्साङ लामाले बताए।

FB_IMG_1746022198248-1746022221.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...