pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा ४ का २५ जना एकल महिलाहरुलाई बीउ बाख्रा वितरण

FB_IMG_1685456477540-1685458390.jpg

थाहा नगरपालिका वडा न ४ ले एकल तथा बिधवा महिलालाई बीउ बाख्रा वितरण गरेको छ। मंगलबार  वडा कार्यालयले वडाभित्रका २५ जना एकल महिलालाई बाख्रा वितरण गरेको हो ।

वडा अध्यक्ष नारायण लामाका अनुसार वडाको वार्षिक स्वीकृत कार्यक्रम अनुरुप आर्थिकरुपमा आत्मनिर्भर बनाउने अभियानअन्तर्गत वडाले एकल महिला  बाख्रा वितरण गरिएको बताए।

 आर्थिक तथा सामाजिक सूचाङ्कका आधारमा पछि परेका महिलालाई जीविकोपार्जन गर्ने उद्देश्यले स्थानीय  जातका बाख्रा वितरण गरिएको कार्यक्रमका सहजकर्ता तथा पशु बिकास शाखा प्रमुख राघवेन्द्र मिश्रले बताए ।

बाख्रा वितरण कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले ‘एकल महिलाहरुको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले बाख्रा वितरण गरेका छौँ,’ उनले भने, ‘बाख्रा पालनबाट महिलाहरुको जीवनस्तर माथि उठाउन टेवा पुग्ने छ।’ साथै वहाँले आगामी बर्ष अरु वडामा बाख्रा वितरण गर्दा यहि वडा बाट उत्पादित बाख्रा वितरण गर्न पाइए त्यो नै उपलब्धि हुने बताउदै ,बाख्रापालन सजिलो पेशा तथा राम्रो आयआर्जन गर्न सकिने व्यवसाय भएको उनको भनाई छ। 


वडाबाट बाख्रा पाएपछि खुसी हुँदै इन्दिरा केसीले यसले आफ्नो आर्थिक सुधारमा टेवा पुग्ने बताइन् ।
वडाले दिएको बाख्राबाट संख्या वृद्धि गर्दै आगामी दिनमा राम्रो आम्दानी लिने उनको भनाई छ ।
यस अघि महिलाहरुलाई पशु बिकास शाखाले बाख्रा पालन सम्बन्धि ३ दिने तालिम समेत दिएको थियो।
बाख्रा वितरण कार्यक्रममा कृषि शाखा प्रमुख संजय तिवारी,वडा सदस्य शुन्दर राज केसी,वडाका पशु प्राविधिक रुपेश कुमार मिश्र लगायतको उपस्तिथि रहेको थियो

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...