pani-1786865868.jpg
Friday, 18 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा ३ मा ४५ दिने अल्लोको कपडा बुन्ने तालिमको समापन।

FB_IMG_1683201304085-1683201328.jpg

गरिबी निवारणको लागि लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत अल्लो धागोको ४५ दिने  कपडा बुनाई तथा सिलाई लालिम बिहिवार समापन भएको छ । थाहा नगरपालिकाको आर्थिक सहयोग तथा थाहा नगर लघु उद्यम विकास शाखा द्वारा  संचालन भएको ४५ दिने  उक्त तालिम थाहा नगरपालिका वडा न ३ गोपाली गाउँमा समापन भएको हो ।
समापन कार्यक्रममा प्रमुख अतिथी थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले नगरपालिकाका  महिलाहरु उद्यमी बनेर आय आर्जनमा लागे मात्र अन्य क्षेत्रमा समेत अघि बढ्न सक्ने भन्दै उद्यमी बन्न चाहने महिलाहरुलाई नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।सीप सिकेको प्रमाणपत्र एउटा हतियार भएको हुनाले यसको प्रयोग गर्न सधैँ तयार हुनुपर्ने उनको भनाइ थियो । अल्लोको कपडा लगाएमा संस्कृतिको जगेर्ना हुने पनि उनले बताए। 
महिला हिंसा हटाउन यस्ता सीप सहयोगी हुने उनको भनाइ थियो ।

अल्लोको कपडा बनाउने तान


कार्यक्रममा आफ्नो भनाइ राख्दै थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले अल्लो कपडा बुन्ने तालिम लिएका महिलाहरुले अब आत्मनिर्भर बनेर अघि बढ्नुपर्ने भन्दै त्यसका लागि यथासक्य सहयोग गर्न आफु तयार रहेको उल्लेख गर्नुभयो ।
तेसैगरी समापन समारोहमा थाहा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने ,थाहा नगरपालिका गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेड्पा)का अधिकृत कुमार नेगी, प्रशिक्षक हरीगोपाल च्यासी,वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले शुभकामना दिएका थिय।
 १० जना सहभागी रहेको ४५ दिने तालिमबाट आफुहरुले कपडा बुनाई तर्फको चर्खा घुमाउन, टुक्कीमा धागो भर्न, तान लगाउने, कोका–काँगी भर्ने, पाउदानी चलाउने, सटर चलाउन सिक्नुको साथै टोपी र स्टाकोटको कपडा काट्ने सीप सिक्न पाएको सहभागी हरुले बताए  । कपडा बुनाई तथा कपडा सिलाई सम्बन्धिको पूर्ण सीप सिकेर व्यवसाय संचालन गर्नका लागि क्षमता विकास तालिमको आबश्यक पर्ने समुहका अध्यक्ष रेश्मा गोपालीको भनाई रहेको छ ।
तालिम समापन कार्यक्रममा तालिमका सहभागीहरुलाई प्रमाणपत्र र प्रशिक्षकलाई प्रशंसा–पत्र हस्तान्तरण गरिएको थियो । 
कार्यक्रममा मेड्पाका लघु उद्युम सहजकर्ता दिक्षा पाण्डे,उद्यम विकास सहजकर्ता सुनिता बुढाको उपस्थिति रहेको थियो।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...