Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

थाहा २ को किसानले राखेको काउलिको बेर्नामा अज्ञात व्यक्ती द्वारा झारमारा छर्केर क्षति

1739553478520-1739553490.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ का किसान देबलाल देउलालाई आकाश खसेझै भएको छ । छोरा छोरीलाई झै स्याहार गरी हुर्काएको काउलीको विरुवामा नचिनेका मानिसहरुले झार मार्ने विषादी हाल्दिएपछि उनलाई भोक न तिर्खा भएको छ । देवलालले हुर्काएको केही विरुवा खेतमा सारी सकेकेका थिए भने केही ब्याडमै थियो ।
रातको समयमा ब्याड र खेतको सबै विरुवामा झार मार्ने विषादी हाल्दिएछन् पत्तै पाइन्’– देबललाले भने । हरियो फिर्न पर्ने विरुवा सुक्दै गएपछि त्यही विषादी हाल्दिएको ‘कन्फर्म’ भयो, उनले भने । झार मार्ने विषादी हाल्दिएपछि देबलालको खेतमा रोपेको ४ हजार र १२ हजार ब्याडको विरुवा भसक्कै मरेको छ ।
देबलालले यसअघि पनि यस्तो पीडा खेप्नु परेको थियो । उनले रोप्न ठीक्क पारेको तरकारीको बेर्नाको ब्याडमा अघिल्ला वर्षहरुमा पनि नचिनेका मान्छेहरुले रातको समयमा यसरी नै झार मार्ने विषादी हालेर क्षति पु¥याइदिने गरेका थिए । उनले भने–‘मेरो तरकारीको बेर्नाको ब्याडमा पहिले पनि यसरी विषादी हालेर क्षति पु¥याउने गर्थे अहिलेसम्म मान्छे चिन्न सक्या छैन ।’
देबलाल मिहिनती किसान हुन् । उनीसहित साविक पालुङ गाविस वडा नम्बर ३ हाल थाहानगरको २ नम्बर वडा इन्द्रायणी बस्तीका अधिकांश किसानहरु न समूह न फार्म कहिँपनि आवद्ध छैनन् । पालिकाले कृषक समूह, सहकारी र फार्ममा आवद्धताको लागि सहजीकरण नगरको किसानहरुको भनाइ छ । समूह, सहकारी र फार्ममा किसानहरु आवद्ध नभएपछि इन्द्रायणी बस्तीका किसानहरु नगरपालिकाको अनुदानबाट समेत वञ्चित हुनु परेको गुनासो गर्छन् । ‘समूह, सहकारी र फार्म नभएपछि हामीलाई सरकारले किसानमा गन्ती नै गर्दैन काहाँबाट अनुदान पाउनु’–एक किसानले भने।

1739584214273-1739584272.jpg
1739584225712-1739584272.jpg
1739584221360-1739584314.jpg
1739584221360-1739584926.jpg
1739584206933-1739584314.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...