Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा १२ सलमपुरका बासिन्दाको काकाकुल अवस्थाको अन्त्य,अब धाराबाटै पानी !

salam4-1710516333.jpg

"एक गाग्री पानी खोज्न सातघुम्ती पुग्न पथ्र्याे, अहिले आगनमै पानी आउँदा सुःख भएको भएको’ आफ्नै घरको आगनमा रहेको धारा खोल्दै सलमपुरकी ठुलिमाया मोक्तानले भन्नुभयो–‘जनप्रतिनिधि आए पछि घरघरमा धारा बन्यो ।’
थाहा नगरपालिकाको विकट क्षेत्र थाहा १२ मा पर्ने  सलमपुरकी ठुलिमाया मोक्तान मात्र होईन बर्षाै पहिलोदेखि एक गाग्री खानेपानीको जोहो गर्न घण्टौ खर्च गर्नुपर्ने गृहणीलाई हाईसन्चो भएको छ । नगरपालिकाले च्वाइस नेपाल संगको सहकार्यमा एक घर एक धारा निर्माण गरे पछि उनीहरुको दैनिकीमा फेरबदल भएको हो ।
गाउँमा एक घर एक धारा’ निर्माणपछि पाँच घण्टा लगाएर पानी ल्याउन जानुपर्ने बाध्यताको अन्त्य भएको छ । ‘पहिलो उठ्दा वित्तिकै खानेपानीको चिन्ता हुन्थ्यो, अहिले घरधन्दाको’ मोक्तानले  भन्नुभयो–‘घरमै धारा भए पछि पानी खोज्न खर्चिने समय घरधन्दामा लगाउने गरेकी छु ।’ 

थाहा नगरपालिका वडा न १२ को अति बिकट गाउँ सलमपुर गाउँका स्थानीयले छ पुस्ता बसिसक्दा बल्ल पहिलो पटक खानेपानी धाराबाट पानी प्रयोग गर्न पाएका छन्।
सलमपुर खानेपानी योजना निर्माण भएर सञ्चालनमा आएपछि गाउँवासीले धाराबाट खानेपानी प्रयोग गर्न पाएका हुन्।
उक्त गाउँका ७६ बर्षिय भुजराम थिङले पहिलो पटक धाराको पानी प्रयोग गर्न पाएको बताए।
यसअघि प्लान नेपालले निर्माण गरिदिएको आकाशेपानी संकलन गर्दै २ हजार लिटरको सिमेन्टको  घ्याम्पोमा जम्मा पारेको पानी सिंगो गाउँवासीले प्रयोग गर्दै आएका थिए। धेरै निकायसँग माग गर्दा खानेपानी योजना नपाएको गुनासो गर्दै आएका स्थानीयले थाहा नगरपालिका र नगरपालिकाको बिकासे साझेदार संस्था च्वाइस नेपाल संगको सहकार्यमा यस वर्ष बल्ल खानेपानी योजना पाएर उपभोक्तामार्फत निर्माण गरी खानेपानी ल्याउन सफल भएका छन्।
उनीहरूले ८ महिनामा खानेपानी योजना सम्पन्न गरेर धारामा पानी खसाल्न सफल भएका हुन्। उक्त गाउँमा जम्मा २० घरधुरी छन्।  दैनिक बिहान ३ बजे उठेर धादिङको सातघुम्तिको तल्लो मोड नजिक बाट  ल्याएको पानी प्रयोग गर्दा शरीरलाई परिरहेको पीडा व्यक्त गर्दै अब भने १५ वटा धारा निर्माण गरेर घरधुरीले आफ्ना आगनमा रहेको धारामा पानी प्रयोग गर्न सुुरु भएको छ। ६ पुस्तादेखि झेल्दै आएको खानेपानीको समस्या अहिले आएर समाधान भएपछि  हर्षित भएका छन् ७० बर्षका टिकाराम थिङ,

उक्त वडाका अध्यक्ष टिकाराम स्याङ्तानले  गाउँवासीको वर्षौं पुरानो माग अहिले आएर पूरा भएको भन्दै यसबाट जनता स्वच्छ खानेपानी बाट  लाभान्वित भएको बताए।

यसका लागि ३६ लाख ४२ हजार बजेट लगानी गरिएको छ। जसमध्ये थाहा नगरपालिका बाट १५ लाख ४५ हजार,च्वाइस नेपाल बाट १३ लाख र जनश्रमदान बाट ७ लाख ९५ हजार रुपैयाँ बराबरको श्रमदान गरि यसबाट १७ वटा धारा, एउट रिजर्भर ट्यांकी निर्माण गरिएको छ भने तिन  किमि तलको मुहानबाट लिफ्टिङ गरी पानीको व्यवस्था गरिएको च्वाइस नेपालका प्राविधिक सुवास मरहठ्ठाले जानकारी दिए।

२ चैतमा च्वाइस नेपालका प्रमुख प्रतीक शर्माले एक समारोहका बिच थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टलाई सम्पन्न आयोजना हस्तान्तरण गरेका छन। आयोजना हस्तान्तरण गर्दै च्वाइस नेपालका प्रमुख प्रतीक शर्माले बिदेशी दाता र च्वाइसका कर्मचारीहरुको सेवासुबिधा बाट पाउने रकमले यो आयोजना बनेको बताउदै दुर्गम भेगका जनताको मुहारमा खुशी देख्दा आत्मसन्तुष्टि मिलेको बताए। उनले भने" थाहा नगरपालिका, वार्ड नं. १२ सलमपुरका वासिन्दाहरु,‌ विशेष गरि महिला दिदीबहिनीहरुले पुस्तौंपुस्ता देखिको ३ घण्टाको ठाडो उकालो ओरालो गर्दै एक गाग्री पानीको भरमा दिन काट्नु पर्ने अवस्थाको अन्त्य भएको छ । प्रत्येक घरको आफ्नै निजी धारामा २४सै घण्टा पानी उपल्ब्ध हुने यो लिफ्टिंग खानेपानी आयोजना, स्थानीय बुवाको भाषामा "पातालको पानी आकाशमा" आएर बर्षातको बेलामा घैंटोमा पानी जम्मा गरि त्यहि किरा परेको, फोहोर परेको पानी पनि तेल जस्तो गरि चलाउनुपर्ने नियतिवाट समेत सधैंको लागि मुक्ति मिलेको छ "


उद्घाटन समारोहमा आफ्नो मन्तव्य राख्दै थाहा नगरपालिकाका निवर्तमान मेयर लवशेर बिष्टले हेर्दा सानाे देखिए पनि याे निकै रणनीतिक महत्व बाेकेकाे आयाेजना भएको बताउदै याे आयाेजना बन्नुपूर्व यहाँका महिलाकाे प्रत्येक बिहान पानी बाेक्नमै बित्थ्याे। अब त्याे परिस्थितिकाे अन्त्य भएकाे छ। हामीले शुद्द पानी मात्र पाएका छैनौं, पानी बाेक्नकै लागि श्रम गर्नुपर्ने, बिहानभरिकाे समय खर्च गर्नुपर्ने बाध्यताकाे पनि अन्त्य गरेका छाैं।'उनले भने।

आयोजना उद्घाटन समारोहलाइ सम्बोधन गर्दै नगर प्रमुख बिष्टले नागरिकहरु खानेपानीबाट वञ्चित रहेको अवस्थामा थाहा नगरपालिका र च्वाइस नेपालको सहकार्यमा निर्धारित समयमै अत्याधिक जनश्रमदान बाट आयोजना सम्पन्न भएकोप्रति उनले खुसी व्यक्त गरे । अहिले  मात्र थाहा नगरको धेरै स्थानमा लिफ्टङ प्रणालीका खानेपानी आयोजनाले प्राथमिकता पाए पनि विद्युत महसुलका कारण उपभोक्ता मारमा परेको उनको भनाइ थियो । स्थानीय  सरकारले अहिले नै सबै आयोजनालाई विद्युत महसुल छुट दिन नसके पनि प्राथमिकता तोकेर क्रमश गर्दै जाने प्रतिबद्धता नगर प्रमुख बिष्टले जनाएका छन्।
नगर प्रमुख बिष्टले अहिले नगरको ४ वटा वडामा बृहत खानेपानी आयोजनाको काम भैरहेको र बाकी वडाहरुमा पनि छिटोभन्दा छिटो खानेपानी आयोजना निर्माण गर्ने लक्ष्य सहित नगरपालिका अगाडि बढिरहेकोले च्वाइस नेपाल संगको सहकार्य अगाडिपनी बढिरहने बिश्वास व्यक्त गर्दै स्वच्छ खानेपानी नागरिकको मौलिक अधिकार भएकोले छिट्टै नगरभित्रका खानेपानी नगर खानेपानी बोर्डले संचालन गरि प्रत्यक वडाबासीको घरघरमा खानेपानीको धारा पुर्याउने प्रतिवद्द्ता व्यक्त गरे।
थाहा नगरपालिका वडा न १२ का अध्यक्ष टिकाराम स्याङ्तानको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नगर उपप्रमुख भरत गोपाली ,निवर्तमान नगर प्रमुख लवशेर बिष्ट,च्वाइस नेपालका प्रमुख प्रतीक शर्मा ,वडा न ११ का अध्यक्ष दिनेश बल,वडा न ६ का अध्यक्ष राजेन्द्र भक्त श्रेष्ठ,खानेपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष टिकाराम थिङ,नेपाली काङ्ग्रेस नगर सभापति प्रमोदकृष्ण जोशी,सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने,सूचना अधिकृत सुरज कुमार भुजेल,जिल्ला सहकारी संघका कोषाध्यक्ष बिमल कुमार ढकाल,वडा सदस्य युवराज जिम्बा,नरेश घलान,तामाङ घेदुङ थाहाका सचीव मङ्गल तामाङ,विइङ युथका वसन्त कार्की,राजकुमार गोले,बौद्ध मैत्री समाजका हरिश गोले,थाक्रे ५ का पुर्व जनप्रतिनिधि रजनी लामा,गणेश प्राविका प्रधानाध्यापक चन्द्र बोगटी, थाहा नगरपालिकाका प्राविधिक कविन्द्र वड,च्वाइस नेपाल पालुङ कार्यालयका कुल प्रसाद तिवारी, प्रताप घिमिरे,लगायतका उपस्तिथि रहेको थियो।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...