Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

थाहा र कैलाश दुई पालिकाबिच अन्तरसंवाद तथा सिकाइ आदानप्रदान ।

IMG_20220722_141940_309-1658509186.jpg

शम्भु अधिकारी//थाहापाटी,मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष ,उपाध्यक्ष तथा प्रशासकीय अधिकृत सहितको टोलिले आज थाहा नगरपालिकाको भ्रमण तथा सिकाइ आदानप्रदान गरेका छन।आज साउन ६ गते भएको दुई पालिका स्तरीय छलफल तथा सिकाइ आदानप्रदान गर्न आएका कैलाश गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको अतिथी टोलिलाइ थाहा नगरपालिकाको कार्यालय इन्द्रायणी चौरमा थाहा नगरका प्रमुख बिष्णु बिष्ट आदर्श ,उपप्रमुख भरत गोपाली,लगायत नगरपालिकाका कर्मचारीहरुले नगरमा न्यानो स्वागत गरेका थिय।
कैलाश गाउँपालिका तर्फबाट पालिका अध्यक्ष लोक बहादुर मोक्तान,उपाध्यक्ष बालकुमार मल्ल ठकुरी ,प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईं ,सूचना अधिकृत प्रकाश राई,शिक्षा शाखाका रामचन्द्र पाठक,प्रशासन महाशाखा प्रमुख नवीन धिताल ,शिक्षा अधिकृत सुर्य बहादुर थिङ्गको उपस्तिथि रहेको थियो।
थाहा नगरमा स्वागतपछि दुई पालिका बिच अन्तरसम्बाद सहित दुईपक्षिय पालिका हित तथा सिकाइ आदानप्रदान गर्नेबारे अन्तरक्रिया एबम छलफल गरिएको थियो ,अन्तरक्रियामा थाहा नगरपालिकाको तर्फबाट नगरका सूचना अधिकारी सुरज कुमार भुजेलले सहजीकरण गर्दै थाहा नगरपालिकाले गरेका प्रगतिकार्य हरुको प्रस्तुति दिदै थाहा नगरपालिकाको परिचय सहित नगरको वार्षिक बजेटको अवस्था ,आन्तरिक आयको अवस्था ,बेरुजुको अवस्था ,नगरको पुर्वाधारको अवस्था ,शैक्षिक ,कृषि ,पशु बिकासका साथै नगरपालिकामा निर्माण भएका एन कानुन ,पालिकाको बिकास साझेदार गैरसरकारी संस्थाहरुको कार्य ,सामाजिक सुधार सम्बन्धि गरेका प्रगति ,पालिकाको शुसासन तथा नगरपालिकाको समस्या ,चुनौतीको बारेमा प्रस्तुतीकरण गरेका थिय।
थाहा नगरपालिकाको विषयगत शाखा प्रमुखहरुले आफ्नो शाखाले गरेका कार्यहरुको बारेमा छिमेकी पालिकाबाट आएका अतिथिहरुलाइ अबगत गराय भने उपप्रमुख भरत गोपालीले थाहा नगरले न्याय सम्पादन कार्यलाई कसरी गरीरहेको छ भनेर जानकारी गराय।थाहा नगरका प्रमुख बिष्टले आफ्नो नगरले नीति तथा कार्यक्रमको निर्माण गर्दा बिज्ञहरु सङको छलफल ,बजेट निर्धारण गर्दा आबश्यकतालाइ प्राथमिकतामा राख्ने गरेको बताउदै बिकास निर्माणका कार्यहरुलाइ कार्यतालिका अनुरुप संचालन गर्ने,चौमासिक रुपमा समग्र समिक्षा गर्ने जस्ता कार्यहरु गर्ने गरेको बताउनुभयो ।तेसैगरी कैलाश गाउँपालिकाका अध्यक्ष लोक बहादुर मोक्तानले आफ्नो पालिकाको चुनौती भनेकै भौगोलिक बिकटता र सीमान्तकृत समुदाय,यातायात पुर्वाधार र शिक्षा रहेको बताउदै थाहा नगरबाट सिक्नुपर्ने कुराहरु धेरै रहेको भयतापनी नगरपालिकाको योजना छनौट ,न्यायीक समितिको कार्यसम्पादन ,सूचना ,कृषि ,पशु ,बेरुजु फर्छेउट बाट आफ्नो पालिका प्रभावित भएको बताउदै कैलाश गाउँपालिकाले  पनि केही जनहितका कार्यहरुको थालनी गरी अगाडि बढेको जानकारी दिदै पालिकाले आफ्नै पहलमा दुइटा निशुल्क एम्बुलेन्स सेवा,सामाजिक भत्ताको घुम्ती सिविर ,बालमैत्री स्थानीय शासनको अभ्यास ,कर्मचारी लाई स्केल अनुसारको समान तलव ,चेली प्रोत्साहन कार्यक्रम अन्तर्गत प्लस टु उतिर्ण गरि २० बर्ष पुगेपछि बिबाहा गर्ने चेलिलाइ नगद २० हजार पुरस्कार जस्ता कार्यको थालनी गरेको बताउदै गुणस्तरीय सडकको निर्माण गर्न सके दुबै पालिकाका जनतालाई सहज हुने बताउनुभयो ।
दुबै पालिका प्रमुख हरु आफ्नो आन्तरिक आय कम हुनु,भौगोलिक बिकटताको कारण बिकास सोचेअनुरुप हुन नसक्नु,जिल्ला दररेटका कारण बिकास निर्माणमा अबरोध श्रीजना भएको ,शैक्षिक बिकासमा सोचेअनुरुप फड्को मार्न नसक्नुमा एकमत देखियका थिय।

IMG_20220722_111257_899-1658509189.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg