himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

थाहा महोत्सवमा आयोजित कृषि मेला प्रदर्शनीमा राखिएका कृषि उपजहरुको नतिजा सार्वजनिक

upaj1-1701788923.jpg

थाहा नगरपालिकामा जारी चौथो थाहा महोत्सवमा आयोजित कृषि मेला प्रदर्शनीमा राखिएका विभिन्न कृषि उपजहरुको नतिजा सार्वजनिक गरिएको छ । करिव १ सय २५ जनाको सहभागिता जनाएको कृषकहरु मध्येबाट २१ कृषकको नतिजा सार्वजनिक गरेको हो ।

उपजहरुको प्रत्येक समूहबाट पहिलो, दोस्रो र तृतीय गरी ३/३ जना किसानलाई पुरस्कृत गर्न लागिएको थाहा नगरपालिकाका कृषि विकास शाखा प्रमुख संजय तिवारीले जानकारी दिए । थाहा नगरपालिकाले सार्वजनिक गरेको प्रदर्शनको नतिजा अनुसार काउली तथा जरे तरकारी बालीतर्फ थाहा २ को सुमित्रा घलानको काउली प्रथम भएको छ । थाहा ३ को राजकुमार घिसिङको ब्रोकाउली द्वितीय र थाहा १ को अनिता सिन्तानले उत्पादन गरेको मुला तृतीय भएको छ । फलफूल समूहको तरकारी बालतर्फ थाहा २ को साननानी ढकालले उत्पादन गरेको फर्सी प्रथम, थाहा ६ को थाहा सिङको अकबरे द्वितीय र थाहा ४ को कुमार कार्कीले उत्पादन गरेको लौका तृतीय भएको छ । कन्दमूल बालीतर्फ थाहा २ को कृष्ण कार्कीले उत्पादन गरेको पिडालु प्रथम, थाहा १२ को देउती माया आलेले उत्पादन गरेको पिडालु द्वितीय र थाहा २ को डोलकुमारी ढकालले उत्पादन गरेको बेसार तृतीय भएको छ ।

त्यस्तै फलफूल बालीतर्फ थाहा १२ को भक्त बहादुर आले मगरले उत्पादन गरेको एभोकाडो प्रथम, थाहा १२ कै क्षेत्रबहादुर आलेले उत्पादन गरेको सुन्तला द्वितीय र थाहा ६ को मजिरमान महर्जनले उत्पादन गरेको किबी तृतीय भयो । आलु बीउतर्फ थाहा २ को भवानी भमालले उत्पादन गरेको कार्डिनल आलु प्रथम, थाहा ४ को रेशमबहादुर विष्टले उत्पादन गरेको कार्डिनल आलु द्वितीय र थाहा ३ को सानोभाइ खड्काले उत्पादन गरेको मर्मल टप आलुको बीउ तृतीय भएको छ । अन्न बालीतर्फ थाहा २ को शिवराम कार्कीले उत्पादन गरेको देउती मकै प्रथम, थाहा २ कै पार्वती ढकालले उत्पदन गरेको देउती मकै द्वितीय र थाहा २ की रीता कुमारी थापाले उत्पादन गरेको कोदो तृतीय भएको छ भने अन्य बालीतर्फ थाहा १२ को दुर्गा बहादुर आले मगरले उत्पादन गरेको कफी प्रथम, थाहा ६ को बाराही मौरी घारको सेरेना गौरी द्वितीय र थाहा १२ कै भक्त बहादुर आले मगरले उत्पादन गरेको कफी तृतीय भएको छ ।

प्रदर्शनीमा प्रथम, द्वितीय र तृतीय भएका कृषि उपज उत्पादन किसानलाई मंसिर २५ गते थाहा महोत्सवको समापनका दिनमा पुरस्कार वितरण गरिने छ ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg