Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

थाहा महोत्सवका लागि स्टल बुकिङ खुल्यो

Screenshot-2023-10-23-210-1698150552.png

 

मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा आगामी १४ मंसिर देखि २५ मंसिरसम्म सञ्चालन हुने चौथो थाहा महोत्सवका लागि स्टल बुकिङ खुलेको छ । थाहानगर उद्योग वाणिज्य संघमा आवद्ध भएकालाई ३० प्रतिशत छुट हुनेगरी स्टल बुकिङ खुला गरिएको हो । करिव २०० स्टल रहने अनुमान गरिएको महोत्सवमा स्टल बुकिङ गर्दा ५० प्रतिशत रकम अग्रिम भुक्तान गर्नुपर्ने थाहानगर उद्योग वाणिज्य संघले जनाएको छ ।

 

संघद्वारा जारी सूचना अनुसार पशुपालन, डेरी, कृषि सामग्री तथा औजार, घरेलु हस्तकला, हर्वल तथा जडिबुटीका लागि १४ हजार शुल्क तोकिएको छ । त्यसैगरी कस्मेटिक, घडी, चश्मा, ब्लाङ्केट, व्याग, पर्स, बेल्ट, ट्याटु, मोबाइल कभर, जुत्ता, चप्पल, बैंक, वित्तीय संस्था, गैरसर कारी संस्था, भाँडा, फेन्सी तथा रेडिमेड सामानहरुका लागि २५ हजार शुल्क तोकिएको संघका अध्यक्ष पुरुषोत्तम ढकालले जानकारी दिए । बहुर्राष्ट्रिय उद्योग र होटल तथा रेष्टुरेन्टका लागि ५० हजार शुल्क तोकिएको छ । स्टलमा प्रदर्शकले स्टलको अतिरिक्त २ थान कुर्र्सी, १ थान टेबल तथा विद्युतीय सुविधा पाउने आयोजकले जनाएको छ ।

महोत्सवको मुख्य आयोजक थाहानगर उद्योग वाणिज्य संघ र आयोजक थाहा नगरपालिका रहेको छ । गत असोज ३० गते जिल्ला प्रशासन कार्यालय मकवानपुरले थाहानगर उवासंघलाई आगामी मंसिर १४ देखि २५ सम्म थाहा महोत्सव गर्न अनुमति दिएको थियो । मंसिर भन्दा पछाडि मेला महोत्सव गर्न थाहा नगरमा चिसो बढी हुने भएकोले दसैतिहार सकिएलगत्तै आयोजना गरिएको थाहा नगर उवासंघका बरिष्ठ उपाध्यक्ष शम्भुसिंह कार्कीले बताए ।

 
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg