Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

थाहा बसपार्क सञ्चालनमा — नगर प्रमुख विष्णु बिष्टबाट सेवाको औपचारिक शुभारम्भ

FB_IMG_1762326836879-1762326868.jpg

थाहा नगरपालिका–४ नार्खुढाँडस्थित थाहा बसपार्क आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। लामो समयदेखि स्थायी बसपार्कको माग गर्दै आएका स्थानीय युवाहरूको निरन्तर दबाबपछि नगर प्रमुख विष्णु बिष्टले एक औपचारिक समारोहका बीच बसपार्कबाट सेवाको शुभारम्भ गरेका हुन्।
कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका नगर प्रमुख बिष्टले बसपार्कको पूर्ण निर्माणमा ठेकेदारको ढिलासुस्ती भएको बताउँदै छिटोभन्दा छिटो बाँकी संरचना पूरा गर्न संघीय सरकारलाई घच्घच्याउने प्रतिवद्धता जनाए। उनले भने, “बसपार्क सञ्चालन कार्यविधिअनुसार नै व्यवस्था मिलाइनेछ, स्थानीय युवाहरूको माग र सहकार्यबाट यो निर्णय कार्यान्वयनमा आएको हो।”
नगर उपप्रमुख भरत गोपालीले बसपार्क सञ्चालन नगरकै गौरवको विषय भएको उल्लेख गर्दै यससँगै नयाँ चुनौतीहरू पनि थपिएको बताए। उनले यातायात व्यवसायीहरूसँग सहकार्य गर्दै आवश्यक पूर्वाधार विकासमा समुदायसँगै अघि बढ्ने प्रतिवद्धता जनाए।
थाहा बजार व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर खत्रीको सभापतित्वमा सम्पन्न समारोहमा उपप्रमुख भरत गोपाली, वडा अध्यक्ष नारायण लामा, उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल, प्रमुख राजनीतिक दलका नगर अध्यक्षहरू लगायत विभिन्न निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा ऋषेश्वर महिला खैचडी भजन समूहले भजन प्रस्तुत गरेको थियो।
हाल बसपार्कमा बिजुली जडान, खानेपानी, शौचालय र यात्रु बस्ने कुर्सी लगायतका आधारभूत पूर्वाधारको व्यवस्था भइसकेको छ। कार्तिक १९ गतेदेखि यहाँबाट यात्री बाहक बस, सुमो र इभि सवारी साधनहरू सञ्चालनमा आएका छन्।
थाहा नगरपालिका कार्यपालिकाको बैठकले स्वीकृत गरेको “थाहा नगर बसपार्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८०” अनुसार बसपार्क नगरपालिकाको मातहतमा रहनेछ। नगरप्रमुखको सिफारिसमा सात सदस्यीय समिति गठन गरिनेछ, जसमा एक सचिव, एक कोषाध्यक्ष, यातायात व्यवसायी, उद्योग वाणिज्य संघ प्रतिनिधि र उपभोक्ता प्रतिनिधि रहने व्यवस्था गरिएको छ।
लामो समयको प्रतिक्षापछि बसपार्क सञ्चालनमा आएकोमा स्थानीयवासीले खुशी व्यक्त गरेका छन् र यसले शिखरकोट बजार क्षेत्रको सवारी व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

 

बसपार्क निर्माणको योजना पहिलो पटक २०७४ सालमा निर्वाचित जनप्रतिनिधिहरूले अघि बढाएका थिए। त्यसअघि २०७१ सालमै थाहा नगरपालिकाले बसपार्क निर्माणका लागि आर्थिक वर्ष २०७१/०७२ मा ५० लाख रुपैयाँ विनियोजन गरी स्थानीय पूर्वाधार साझेदार कार्यक्रममार्फत कार्य थालनी गरेको थियो।

‎थानाबजार नजिकै रहेको करिब ४८ रोपनी क्षेत्रफलमा निर्माणाधीन बसपार्कलाई नगरको गौरवको आयोजना मानिएको छ। करिब ३० लाख रुपैयाँको प्रारम्भिक लगानीबाट सुरु गरिएको यो आयोजना अहिले बहु–संरचना समेटिएको आधुनिक बसपार्कका रूपमा अगाडि बढाइने योजना छ।
‎मकवानपुरको थाहा नगरपालिका–४, नार्खुढाडमा २०७५ मंसिर ९ गते   औपचारिक रूपमा शिलान्यास गरिएको थियो। करिब सात करोड २१ लाख रुपैयाँ लागतमा बन्ने बसपार्कको पहिलो चरणमा टर्मिनल भवन, बगैँचा, रेष्टुरेन्ट, सफ्टिङ स्टल, अपाङ्गमैत्री शौचालय, सवारी चालकका लागि विश्राम कक्ष, ग्यारेज, प्रहरी बिट, सडक, सडक बत्ती लगायतका संरचना निर्माण हुने छ।

‎सि एन्ड ब्रदर्स कन्स्ट्रक्सनले उक्त कामको ठेक्का पाएको थियो। नेपाल सरकारको सहरी विकास मन्त्रालयअन्तर्गतको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले ‘एकीकृत सहरी पूर्वाधार विकास आयोजना’ अन्तर्गत ७ करोड २१ लाखमा ठेक्का पाएर निर्माण गरिरहेको थियो तर हाल ठेकेदार बेपत्ता रहेको छ।

‎२०९१ साल भदौ २० गते सम्पन्न गरिसक्ने गरी २०७९ चैत २९ गते सम्झौता गरिएको भए पनि सम्झौता अनुसारको भौतिक प्रगति अझै देखिएको छैन।

FB_IMG_1762326849195-1762326868.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg