Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

थाहा बसपार्क संचालनको बाटो खुल्यो,बसपार्क संचालन कार्यविधि कार्यपालिका द्वारा पारित

FB_IMG_1686487797287-1686487963.jpg

निर्माणाधिन थाहा बसपार्क संचालन तथा व्यवस्थापन कार्यविधि २०८० नगरपालिकाको कार्यपालिका बैठकले पारित गरेको छ।
कार्यविधि पास भएसंगै अन्यौलमा रहेको थाहा बसपार्क संचालनको निम्ति बाटो खुल्ला भएको छ।
जेष्ठ २८ गते बसेको थाहा नगरपालिकाको कार्यपालिका बैठकले सो कार्यविधि पास गरेको थाहा नगरपालिकाका प्रवक्ता हेरमान गोपालीले जानकारी दिए।
अब थाहा नगरपालिका मातहतमा रहने गरि थाहा नगरपालिकाका प्रमुखले सिफारिस गरेको नगरपालिकाको लब्धप्रतिस्ठित व्यक्ती संयोजक रहने गरि सात सदस्यीय समिती गठन गर्न सकिने छ जस्को सचिव एक,कोषाध्यक्ष एक र  सदस्यहरुमा नगर प्रहरी प्रमुख एक जना,यातायात व्यावसायि बाट एक जना,उद्योग वाणिज्य संघको तर्फबाट एक जना र उपभोक्ता बाट एक जना हुने व्यवस्था रहेको छ।
तेसैगरी बैठकले बिपद व्यवस्थापन कोष संचालन कार्यविधी २०८० र व्यापार व्यवसाय सम्बन्धी कार्यविधी २०७७ लाई केही संशोधन समेत गरेको प्रवक्ता गोपालीले जानकारी दिए।
बैठकले नगरभित्र निर्माण हुने घर हरुको नक्सा पास  कार्यविधि ल्याउने  समेत निर्णय गरेको छ।
थाहा नगरपालिका भित्र निर्माण भैसकेका र निर्माणाधीन घर हरुको नक्सा पास गर्ने मापदण्ड अनुसार निर्माण भएका भवनको निर्माण सम्पन्न प्रमाणपत्र दिने ,मापदण्ड बिपरित निर्माण भएका घरहरुलाई अभिलेखिकरण गर्ने ,नयाँ बन्ने घरहरुलाइ भवन निर्माण सम्बन्धि कार्यविधी बनाइ नक्सा पास भएपछि मात्र घर निर्माण गर्न आग्रह गर्ने,र डिपिसी गरेर राखेको घरहरुलाई प्रक्रिया पूरा गर्न सूचना जारी गर्ने समेत निर्णय गरिएको प्रवक्ता गोपालीले बताए।
बैठकद्वारा आगामी आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेटको लागि वडा हरुमा टोल भेला गरि सुझाव संकलन समेत गर्ने निर्णय गरेको थाहा नगर प्रवक्ता हेरमान गोपालीले जानकारी दिएका छन ।

 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg