pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

मनाेरञ्जन

थाहा फिल्म फेस्टिभल : आज बुलबुल, जुनको, कन्फ्युजन, बेर ट्रिज इन द मिस्ट र आइरन डिगर

bu1-1700966758.jpg

थाहानगरमा ९ मंसिरबाट शुरु भएको थाहा फिल्म फेस्टिभलको दोस्रो दिन आज १० मंसिरमा नेपाली कथानक चलचित्र बुलबुल प्रदर्शन गरिने भएको छ । 
आज जेसीज हलमा नेपाली कथानक चलचित्र बुलबुलसहित ३ वटा लघुचलचित्र र वृत्तचित्र देखाइने कार्यक्रम संयोजक प्रमोदकृष्ण जोशीले जानकारी दिए ।

आयोजक थाहा कला केन्द्रका अनुसार फेस्टिभल अवधिभर जेसीज हलमा फिल्म हेर्न पैसा लाग्दैन । 

आजको कार्यक्रम 

  • ११ बजेदेखि १ बजेसम्म बुलबुल
  • १ बजेदेखि ३ बजेसम्म जुनको, कन्फ्युजन, बेर ट्रिज इन द मिस्ट
  • ३ बजेपछि आइरन डिगर

चलचित्र ‘बुलबुल’ 
नेपाली कथानक चलचित्र ‘बुलबुल’ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)मा बेस्ट राष्ट्रिय फिल्म’ अवार्ड हात पारेको चलचित्र हो । पाँच विधामा अवार्ड पाएको चलचित्रको बेस्ट डाइरेक्टर÷बेस्ट स्क्रिन राइटर विनोद पौडेल, बेस्ट लिडिङ एक्टर स्वस्तिमा खड्का र बेस्ट को–एक्टर लक्ष्मी बर्देवा घोषित भएका थिए । 

बुलबुल’ लाई ओस्कार अवार्डका लागि नेपालबाट सिफारिस गरिएको थियो । 

चलचित्र‘बुलबुल’ ले टेम्पो चालक महिलाको दैनिकीलाई पर्दामा प्रस्तुत गरेको छ । चलचित्रमा स्वस्तिमा खड्काले टेम्पो चालकको भूमिका निर्वाह गरेकी छिन् । चलचित्रमा नायिका खड्का, मुकुन भुषाल , वुद्दि तामाङ, उज्ज्ल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की लगायतको मुख्य भूमिका रहेको छ । सुसन प्रजापतिको छायांकन रहेको चलचित्रलाई विनोद पौडेलले लेखेका हुन् ।

चलचित्र पुरुषोत्तम पाण्डे, अविरल थापा, भिम थापा र राजु पौडेलले मिलेर बनाएका हुन् । रामराजा दाहाल चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्रका निर्देशक विनोद पौडेल हुन् 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...