jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

मनाेरञ्जन

थाहा फिल्म फेस्टिबल - १० गते बुलबुल देखि १४ गते डेसान सम्म

film-1700306399.jpg

थाहा फिल्म फेस्टिभलको साताव्यापी कार्यक्रम हरेक दिन नेपाली चलचित्र देखाइन भएको छ । आयोजकले सोही अनुसार कार्यक्रम तालिका समेत तयार पारेको संयोजक प्रमोद जोशीले बताए ।

कार्यक्रमका लागि ६ वटा नेपाली कथानक चलचित्र र १६ वटा लघु चलचित्र र ६ डकुमेन्ट्री प्रदर्शन गर्ने व्यवस्था मिलाइएको उनले बताए । उनका अनुसार फेस्टिभलमा डेसान, ऐना झ्यालको पुतली, बुलबुल, राधा, प्रकाश र आमा खाण्डो सहित चलचित्र तथा लघु चलचित्र र वृत्तचित्रहरू प्रदर्शन गरिनेछ । थाहा नगरको जेसीज हलमा उक्त फिल्म देखाइएको उनको भनाई छ ।

 

उनका अनुसार मङ्सिर १० गते ११ बजेदेखि १ बजेसम्म बुलबुल, १ बजेदेखि ३ बजेसम्म जुनको, कन्फ्युजन, बेर ट्रिज इन द मिस्ट, ३ बजेपछि आइरन डिगर प्रदर्शन गरिने छ भने मङ्सिर ११ गते ११ बजेदेखि १ बजेसम्म ऐना झ्यालको पुतली, १ बजेदेखि ३ बजेसम्म सेनाको चेली, युद्धका बाछिटा, कलम ३ बजे गुर्खा गर्ल, गड्स बफेलो, को– हज्ब्याण्ड प्रदर्शन गरिने छ । मङ्सिर १२ गते ११ बजेदेखि १ बजेसम्म प्रकाश, १ बजेदेखि ३ बजेसम्म जालगेडी, जुनुको जुत्ता, हील्स अन द बस, ३ बजेपछि हेयर कट, मङ्सिर १३ गते ११ बजेदेखि १ बजेसम्म आमा खाण्डो, १ बजेदेखि ३ बजेसम्म र्याटलिङ, फ्यान, छोरा, डिभिनेशन, ३ बजेपछि म अलप हुन चाहन्छु, मङ्सिर १४ गते ११ बजेदेखि १ बजेसम्म द सेक्रेट्स अफ राधा, १ बजेदेखि ३ बजेसम्म दाद्या, मलामी ३ बजेपछि डेसान प्रदर्शन गरिने छ ।

स्थानीय वृत्तभित्र प्रदर्शन गरिने

फिल्म फेस्टिभलमा थाहाका पर्यटकीय सम्भावनालाई उजागर गर्ने वृत्तचित्र प्रदर्शन गरिने भएको छ । फेस्टिभलमा प्रदर्शनी गर्न स्थानीय स्तरका विभिन्न क्षेत्रहरूमा छायाङ्कन गरिएको वृत्तचित्र प्रदर्शन गरिने संयोजक जोशीले बताए ।

फेस्टिभलको उद्घाटनका दिनमा नै उक्त वृत्तचित्र देखाइने उनले बताए । मङ्सिर ९ गते बिहान ११ बजे उद्घाटन समारोह रहेको र उक्त दिनको ३ बजे स्थानीय स्तरमा तयार बनाइएको थाहा वृत्तचित्र प्रदर्शन गरिने उनको भनाई छ । उद्घाटनमा प्रदर्शनका लागि आयोजकले वृत्तचित्र समेत छायाङ्कन गरी निर्माणको अन्तिम चरणमा पुगेको उनले बताए ।

फिल्म फेस्टिभलमा नेपाली कथानक चलचित्र, लघु चलचित्र र वृत्तचित्रहरू प्रदर्शन गर्ने क्रममा थाहा नगरपालिकाको पर्यटन प्रवर्द्धनका लागि स्थानीयपन झल्काउने वृत्तचित्र तयार पारिएको उनको भनाई छ ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...