himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

थाहा नगर शिक्षा शाखा प्रमुख शोभाकर रेग्मीको बिदाई

shobha1-1674569635.jpg

थाहा नगरपालिका अन्तर्गत तत्कालीन गाबिस हुँदा देखि यस क्षेत्रको शैक्षिक विकासमा योगदान तथा दख्खल राख्दै विगत १२ बर्ष देखि अनवरत रुपमा नेपाल सरकारको राष्ट्र सेवकको हैसियतमा थाहा नगरपालिका भित्र विद्यालय निरीक्षक तथा २०७५ देखि थाहा नगरपालिकामा उपसचिव स्तर १० औं तहमा रहि थाहा नगरको शिक्षा शाखा प्रमुखको जिम्मेवारी निभाउदै आइरहनु भएका शाखा प्रमुख शोभाकर रेग्मीले स्वच्छिक अवकास लियपछी १० माघमा नगर शिक्षा शाखाले औपचारिक कार्यक्रम गरि बिदाई गरेको छ।

पालुङ जेसिज हलमा सम्पन्न बिदाई कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजित घिमिरेको अध्यक्षता तथा नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता रहेको थियो। बिदाई कार्यक्रममा थाहा नगरमा आफुले बिताएको १२ बर्षको अनुभव सुनाउदै उपसचिव रेग्मीले आफू २०५७ सालमा विद्यालय निरीक्षकको रुपमा यश क्षेत्रको पाइला टेकेको स्मरण गर्दै १२ बर्षका आफ्ना तितामिठा अनुभव सुनाएका थिय। जादाजादै रेग्मीले नगर शिक्षा शाखाका कर्मचारी तथा विद्यालयका प्रअ हरुलाइ आफ्नो धरातल र हैसियत नबिर्सन आग्रह गर्दै काम गर्दा कानुन निति नियम बाहिर गएर नगर्न आग्रह गर्दै शिक्षा जस्तो संबेदनसिल क्षेत्रमा खेलवाड नगर्न आग्रह गरे।

बिदाई समारोहमा आफ्नो धन्यवाद मन्तव्य राख्दै नगर प्रमुख बिष्टले थाहा नगरपालिकाको शैक्षिक शुद्धीकरणमा शोभाकर सरले पुर्यायको अतुलनीय योगदानको थाहा नगरले सदैव कदर गरिरहने बताउदै शैक्षिक क्षेत्रको अभिभावकको रुपमा वहाँले बनाउनुभएको शैक्षिक सुधारको खाका तथा दस्तावेज लाई नगरपालिकाले सदा पालना गरिरहने बताउदै आगामी जिवन परिवार र समाजको निम्ति लागिरहन कामना गर्नुभयो। कार्यक्रममा नगर शिक्षा समितिका सदस्यहरु,नगर शिक्षा शाखाका अधिकृत माधवबिक्रम मल्ल,थाहा नगर भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक हरु,नगरपालिकाका शाखा प्रमुख हरु,कर्मचारी हरुको उपस्तिथि रहेको थियो।

रेग्मीलाई नगर प्रमुख बिष्ट र प्रमुख प्रशासकीय अधिकृत अजित घिमिरेले ढाकाको टोपी,खादा तथा मायाको चिनो सहित बिदाई गरेका थिय। धादिङ जिल्ला गंगाजमुना गाउँपालिका वडा न ७ स्थायी घर भएका रेग्मी २०५३ साल बाट स्थायी नियुक्ती भै सरकारी सेवामा कार्यरत रही २०७५ चैत ३ गतेदेखी थाहा नगरपालिकाको शिक्षा शाखा प्रमुख उपसचिव १० औं तहमा रहि आफ्नो कार्य गर्दै आइरहनुभएको थियो।पुस १ बाट स्वेच्छिक अवकास लिनुभएको रेग्मीले नगरको शिक्षा विकासमा गरेको योगदानको मुल्यांकन गरिरहने नगरभित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापक हरुको भनाइ रहेको थियो।

 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg