pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

थाहा नगर शिक्षा शाखा द्वारा आयोजित ५ दिने मन्टेश्वरी तालिम सकियो।

433113584_132837689785181-1710422103.jpg

थाहा नगरपालिकाको सामुदायिक विद्यालयमा कार्यरत वालबिकास कक्षाका शिक्षक तथा प्रशिक्षकहरुको लागि थाहा  नगर थानाबजारमा अवस्थित गंगा होटलमा फागुन २७ गते बाट सुरु भएको पाँच दिने बालबिकास सम्बन्धि क्षमता अभिबृद्दी तालिम सम्पन्न भएको छ। थाहा नगरपालिका शिक्षा शाखाको निशुल्क शिक्षा घोषणा कार्यक्रम अन्तर्गत आयोजित तालिमको समापन थाहा नगरका प्रमुख बिष्णु बिष्टले गर्नुभयो,समापन नगर शिक्षा शाखाका प्रमुख माधव बिक्रम मल्ल्को सभापतित्वमा भएको थियो। थाहा नगर भित्रका सामुदायिक विद्यालयका ४० जना बाल बिकास शिक्षक हरुको सहभागीता रहेको तालिमलाइ बाल बिकास बिषेशज्ञ हरु सुशीला भण्डारी,मुना राई र रेणुका श्रेष्ठले सहजीकरण गर्नुभएको थियो। 
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगर प्रमुख बिष्टले तालिममा सिकेको कुराहरुलाई आआफ्नो विद्यालयका विद्यार्थी हरुमाझ लागू गरि बालबालिकालाई राम्रो शिक्षा र संस्कार दिन आग्रह गर्दै सामुदायिक विद्यालयमा बिश्वासको वातावरण बनाउन आग्रह गर्नुहुँदै जग बलियो भएमात्र घर बलियो हुने बताउदै मन्टेश्वरी माध्यम बाट हुने शिक्षण सिकाइले बच्चामा सकारात्मक प्रभाव पर्ने उल्लेख गर्नुहुदै बालबिकास शिक्षकहरुको क्षमता अभिबृद्दीमा थाहा नगरपालिकाले बिबिध कार्यक्रम हरुको आयोजना गरिरहने बताए।
कार्यक्रममा सहभागीहरुले तालिम उपलब्धिमुलक भएको बताउदै सिकेका कुराहरु लाई आआफ्नो विद्यालयमा लागुगर्ने प्रतिवद्दता व्यक्त गर्दै बालबिकास शिक्षक हरुको लागि बेलाबेलामा नगरपालिकाले यस्ता कार्यक्रम हरुको आयोजना गरिरहनुपर्नेमा जोड दिदै यस्ताखालको कार्यक्रम नगरका सबै बालबिकास सहजकर्ता हरुलाइ समाबेश गर्नुपर्ने बताउदै बालबिकास शिक्षकहरुले उठाएको मागहरुलाई पनि नगरपालिकाले सम्बोधन गर्नुपर्नेमा जोड दिए।
समापन कार्यक्रममा सहभागी बालबिकास सहजकर्ता हरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने कार्यक्रमलाई शिक्षा शाखाका अधिकृत सुर्य बहादुर थिङले संचालन गरेका थिए।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...