himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

थाहा नगर बाल भेला सम्पन्न

289319928_352411903676143-1655906407.jpg

      थाहा नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजना तथा सुनौलो सामुदायिक सिकाई केन्द्र थाहा १ को समन्वयमा थाहा नगरपालिकामा अवस्थित नगर बाल सञ्जाल , वडा स्तरीय बाल क्लव, विद्यालयमा गठित बालक्लवहरुका पदाधिकारीहरुको भेला थाहा ३ शिखरकोटको विकास घरमा आज सम्पन्न भयो । नगर बाल सञ्जालका अध्यक्ष खुसी गोपालीको अध्यक्षता तथा नगर प्रमुख विष्णु बहादुर विष्टको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वडा अध्यक्ष, नगरका बालवालिका, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु तथा संघसंस्थाका प्रतिनिधिहरु गरि १०५ जनाको उपस्थिति रहेको थियो । कार्यक्रममाथाहा नगरपालिकाको आगामी आ.व. ०७९÷०८० का लागि हुन गइरहेको नीति तथा कार्यक्रममा बालवालिकाहरुको आवाज सम्वोधन होस भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको थियो । पहिलो चरणमा बालवालिकाहरुको ४ ओटा समुह निर्माण गरि उनिहरुका आवश्यकताहरु टिपोट गर्ने र आ—आफ्ने समुहवाट नेता छनौट गरि प्रस्तुत गरियो भने दोस्रो चरणमा ४ ओटै समुहवाट आएका बुँदाहरुलार्ई उच्च, मध्यम र सामान्य महत्वको आधारमाप्राथमिकिकरण गरि एकिकृत दस्तोजीकरण गर्ने कार्य गरिएको थियो ।   

   कार्यक्रममा नगर शिक्षा प्रमुख शोभाकर रेग्मीले कार्यक्रमवाट माग भएका बाल आवाजलाई कार्यान्वयनको लागि आफ्नो तर्फवाट सम्वोधन गरिने तथा नगर कार्यपालिकामा अनुरोध गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । जनकल्याण मा.वि. का प्रधानाध्यापक सानोभाई कार्कीले बालबालिकाहरुवाट प्रस्तुत माग तथा अवधारणा विचारणीय, सोचनिय र मननिय रहेकोले अभिव्यक्त गर्दै सम्वन्धित निकायवाट यसको कार्यान्वयन गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो । बालबालिकाहरुका लागि नीति निर्माण भइरहँदा बालबालिकाककै आवाज उत्थान हुने गरि कार्यक्रम गरिनु सान्दर्भिक भएको कुरा बज्रवाराही मा.विं का प्रधानाध्यापक रमेशमान डंगोलले व्यक्त गर्नु भएको थियो । कार्यक्रममा वडा अध्यक्ष हिरेन्द्र रायमाझि, नारायण लामा, शिक्षा शाखा अधिकृत माधव विक्रम मल्ल, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, सुचना अधिकारी सुरज कुमार भुजेल, इन्द्रायणी मा.वि.का पधानाध्यपक नारायण बहादुर कार्की, सरस्वती मा.वि.का प्रधानाध्यापक राजेन्द्र थापा, झम्केश्वरी मा.वि.का प्रधानाध्यापक उद्धव प्रसाद आचार्य, मत्स्यानारायण मा.वि.का प्रधानाध्यापक विष्णुहरि ढकाल लगायत विभिन्न विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

  प्रस्तुत मागपत्र नगर कार्यपालिका तथा नीति तथा कार्यक्रममा प्रस्तुत गर्नको निम्ति असार ९ गते नगर प्रमुखलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।थाहा नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख प्रतिमा लामाले स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्य प्रकाश पार्नुभएको कायर्यक्रमको समन्न्वय तथा संचालन सुनौलो सामुदायिक सिकाई केन्द्रका अध्यक्ष रुपचन्द्र गोपालीलेगर्नुभएको थियो ।  
 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

288852959_722332682384285-1655906410.jpg
288920757_559644172332304-1655906472.jpg
288846638_933240317494950-1655906472.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg