pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा नगर प्रमुखलाई दलित मुक्तिमोर्चाले ज्ञापनपत्र बुझायो

IMG_20250508_113004_542-1746696097.jpg

थाहा बैशाख २५
नेपाल दलित मुक्ति मोर्चा, थाहा नगर समितिले थाहा नगरपालिकालाई छुवाछुतमुक्त नगर घोषणासँगै दलित समुदायको हक, अधिकार र सशक्तिकरणका माग गर्दै आज एक ज्ञापनपत्र बुझाएको छ।

थाहा नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नेपाल दलित मुक्ति मोर्चा थाहा नगर कमिटी अध्यक्ष सुरेन नेपाली, इन्चार्ज अर्जुन सुनार, मकवानपुर जिल्ला संयोजक जमिन दियाली तथा अन्य दलित जनप्रतिनिधिहरूको उपस्थितिमा नगर प्रमुखलाई ज्ञापनपत्र बुझाइएको हो।

ज्ञापनपत्रमा संविधानले सुनिश्चित गरेका दलित समुदायका अधिकारको प्रभावकारी कार्यान्वयन, दलित छात्रवृत्ति, भूमिहीन र आवासविहीन दलितको अधिकार सुनिश्चित, दलित सशक्तिकरण ऐन निर्माण, परम्परागत पेशाको संरक्षण र बजेट व्यवस्थापन, पालिकामा समावेशी नियुक्ति प्रक्रिया, नगरस्तरीय दलित विकास बोर्डको गठन र अन्तरजातीय विवाह गर्ने जोडीको पुनःस्थापनाको माग गरिएका छन्।

ज्ञापनपत्रमा भनिएको छ, “२०६३ सालमा नेपाल छुवाछुतमुक्त राष्ट्र घोषणा भइसके पनि व्यवहारमा छुवाछुत र जातीय भेदभाव कायमै छ। संविधानमा उल्लेखित धारा २४, ४० र ४२ मा स्पष्ट व्यवस्था भए पनि यसको कार्यान्वयनमा सरकार बेखबर देखिएको छ।”

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चाले माओवादी आन्दोलनपछि दलित अधिकारका विषयमा गरिएको घोषणाको कार्यान्वयन नगरेको भन्दै वर्तमान सरकारप्रति पनि गम्भीर आपत्ति जनाएका छन्।

दलित समुदायको शिक्षा, स्वास्थ्य, आवास, पेशा, रोजगार र सामाजिक सुरक्षा सुनिश्चित गरी थाहा नगरलाई नमुना छुवाछुतमुक्त नगर घोषणा गर्न मोर्चाले माग गरेको छ। हेर्नुस ज्ञापनपत्र

1746695946589-1746696097.jpg
1746695949198-1746696129.jpg
IMG_20250508_113013_304-1746696129.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...