Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

थाहा नगर उद्योग वाणिज्य संघले पायो महासंघको सदस्यता

FNCCI-Meeting-1564574908.jpg

उत्तरी मकवानपुरको उद्योगी, व्यापारीहरुको हकहितमा क्रियाशील थाहानगर उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघको सदस्यता पाएको छ । बुधबार काठमाण्डौंमा महासंघका अध्यक्ष भवानी राणाको अध्यक्षतामा बसेको महासंघको १२ औं बैठकले थाहा नगर उद्योग वाणिज्य संघलाई नेपाल उद्योग वाणिज्य महासंघको सदस्यता प्रदान गर्ने निर्णग गरेको हो । 

२०७२ सालमा स्थापित थाहा नगर उद्योग वाणिज्य संघले महासंघको सदस्यता पाउन संस्था दर्ता भए लगत्तै आवेदन दिएको थियो । संघले महासंघ प्रदेश नं. ३ को भने गत वर्ष नै सदस्यता पाइसकेको छ । बुधबार महासंघको बैठकले थाहा नगर उद्योग वाणिज्यसंघसहित ४ वटा संघलाई सदस्यता प्रदान गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले बताए । यो निर्णयपछि अब महासंघमा १ सय ८ उद्योग वाणिज्य संघ आवद्ध भएका छन् । 
कविराज खत्रीको नेतृत्व रहेको थाहानगर उद्योग वाणिज्य संघले खत्रीकै नेतृत्वमा ३ वटा व्यापार महोत्सव सफलतापूर्वक आयोजना गरेको, संघमा २ हजारभन्दा बढी सदस्य रहेको, विभिन्न स्वरोजगारमुलक  र उद्यमशीलतासम्बन्धी तालिममार्फत् व्यवसाय विकासमा टेवा पु¥याएको लगायतको आधारमा थाहा नगर उद्योग वाणिज्य संघलाई स्थापनाको छोटो अवधिमै महासंघले सदस्यता प्रदान गरेको महांघले जनाएको छ । 

महासंघले सदस्यता प्रदान गर्ने निर्णय गरेलगत्तै प्रतिक्रिया दिँदै थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष खत्रीले सबै सदस्यहरुको क्रियाशीलता, कार्यक्रमको प्रभावकारिता र महासंघको यथोचित मूल्याङ्कनले महासंघको सदस्यता पाउन सफल भएको बताए । उनले अब आगामी दिनमा उद्योगी, व्यापारी र व्यवसायीहरुको हित, विकास र प्रवर्धनका लागि अझ सहज वातावरण बन्नेमा विश्वास व्यक्त गरे । 

सदस्यताका लागि प्राप्त आवेदनहरुको छानविन गरी सदस्यताको लागि सिफारिश गर्न महासंघले छुट्टै समिति बनाएको थियो  । उक्त समितिको सिफारिशको आधारमा महासंघको कार्यसमितिले थाहा नगर उद्योग वाणिज्य संघलाई सदस्यता दिने निर्णय गरेको हो । 


 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg