Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

थाहा नगर उद्योग वाणिज्य संघलाई,मकवानपुर उबासंघको स्वागत,

FB_IMG_1695307956999-1695308003.jpg

मकवानपुर उद्योग वाणिज्य संघले थाहानगर उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई स्वागत गरेको छ । मउवासंघका अध्यक्ष कृष्णकुमार गुप्ताको अध्यक्षतामा नवनिर्वाचित कार्यसमितिलाई स्वागत गरिएको हो । कार्यक्रममा बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै अध्यक्ष गुप्ताले मउवासंघको स्थापना, आर्थिक क्रियाकलाप, संघले विगतदेखि वर्तमानसम्म गरेका अन्य विभिन्न कार्यहरु बारे उनले संक्षिप्त जानकारी गराएका थिए ।
त्यसैगरी थाहानगर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष पुरुषोत्तम ढकालले मउवासंघका पूर्वअध्यक्ष केशव श्रेष्ठको कार्यकालबाट मउवासंघको उत्तरी क्षेत्र समिति गठन प्रक्रिया प्रारम्भ भएको र सोही उत्तरीक्षेत्र समिति हाल थाहानगर उद्योग वाणिज्य संघको रुपमा विकसित भएको बताए । थाहानगर उद्योग वाणिज्य संघको वर्तमान भवन मकवानपुर उद्योग वाणिज्य संघकै सहयोगमा निर्माण भएको, अहिले पनि थाहानगर उद्योग वाणिज्य संघको मातृसंस्थाको रुपमा मकवानपुर उद्योग वाणिज्य संघलाई आफूले लिएको उनको भनाइ रहेको थियो ।

उनले थाहानगर, कृषिको हिसावले परिचित र पर्यटकीय रुपमा सम्भावनायुक्त रहेको स्मरण गर्दै धार्मिकपर्यटनको रुपमा ऋषेश्वर, गोरखनाथलगायतका धेरै धार्मिक स्थल थाहानगरमा रहेको बताए । त्यसैगरी उनले मकवानपुर उद्योग वाणिज्य संघबाट थाहानगरको पर्यटन विकासमा सम्भावित पहलको लागि अनुरोध गरेका छन् । कार्यक्रममा संघका उपाध्यक्षत्रय प्रमोदसिंह रानाभाट, उज्वल चौलागाई, राजु अधिकारी, महासचिव दीपक उप्रेतीलगायतले बधाई ज्ञापन गरेका थिए ।

FB_IMG_1695307960286-1695308004.jpg
FB_IMG_1695307962703-1695308028.jpg
FB_IMG_1695307967368-1695308028.jpg
FB_IMG_1695307967368-1695308075.jpg
FB_IMG_1695307973653-1695308075.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg