Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

थाहा नगरलाई फिल्म सिटीको रुपमा विकास गर्न पहल भईरहेको छ : मन्त्री चित्रकार

byanar-1700923522.jpg

मकवानपुरको थाहा नगरमा शनिबारबाट साताव्यापी थाहा फिल्म फेस्टिवल–२०२३ सुरु भएको छ। पर्यटनका लागि फिल्म फेस्टिवल भन्ने नाराका साथ थाहा कला केन्द्रले एक हप्ते थाहा फिल्म फेस्टिवल–२०२३ आयोजना गरेको हो।

फिल्म फेस्टिवलको शनिबार थाहा नगरको पालुङमा उद्घाटन गर्दै बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले चलचित्र क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले थाहा नगरलाई फिल्म सिटीको रुपमा विकास गर्न पहल भईरहेको भन्दै उद्योगको स्थापना र विकासले रोजगारी वृद्धिसँगै समृद्धिमा सहयोग पुग्ने बताउनुभयो।

 कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले पालिकाले कृषि, पर्यटन, कला र मनोरञ्जनको क्षेत्रको विकासका लागि गतिविधि गर्दै आएको बताउनुभयो। 

थाहा फिल्म फेस्टिवल–२०२३ आयोजक समितिका संयोजक प्रमोदकृष्ण जोशीले मकवानपुरको उत्तरी क्षेत्रलाई फिल्म सिटीको रुपमा विकास गर्दै पर्यटन प्रवर्धनमा सहयोग पु¥याउन थाहा फिल्म फेस्टिवल आयोजना गरिएको जानकारी दिनुभयो। 

कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, थाहा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हेरमान गोपाली, वडा नम्बर ६ का वडाध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, फ्लोरिकल्चर एसोसिएसनका मिनबहादुर तामाङ, आयोजक समितिका सहसंयोजक राजीवकुमार स्याङ्तान, नेकपा माओवादी केन्द्र थाहा नगर समिति अध्यक्ष विनोदकुमार लामा, जनकल्याण माविका प्रधाध्यापक सानोभाइ कार्कीलगायतले थाहा नगरको कला, संस्कृति र पर्यटन क्षेत्रको विकासका बारेमा चर्चा गर्नुभएको थियो।  

बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र थाहा नगरपालिकाको सहयोगमा आयोजना गरिएको फिल्म फेस्टिवलको पहिलो दिन शनिबार थाहा नगरको पर्यटकीय क्षेत्रको वृत्तचित्र प्रर्दशनी गरिएको थियो। 

कार्यक्रममा कला र संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने विजय श्याम अमात्य, बाबु साहेब बलामी, वीरमान स्याङ्तान, सगुन तामाङ र केशव सापकोटालाई सम्मान गरिएको थियो।

फिल्म फेस्टिवलमा छ वटा चलचित्र, १६ वटा लघुचलचित्र र छ वटा वृत्तचित्र प्रदर्शनी गरिने भएको छ। डेसान, बुलबुल, ऐन झ्यालको पुतली, राधा, प्रकाश र आमा खाण्डोको प्रदर्शनी गरिने छ।

 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg