Tuesday, 18 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात

1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ स्टेसनले थाहा नगरमा पहिलोपटक फास्ट चार्जिङ सेवा सुरु गरेको हो।

स्टेसनमा CCS2 र GBT दुवै प्रकारका चार्जिङ पोर्ट उपलब्ध रहेका छन्। यसबाट विभिन्न प्रकारका विद्युतीय सवारीसाधनलाई छिटो चार्ज गर्न सकिने सञ्चालकले बताएका छन्।

थाहा नगरपालिका पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको अवस्थामा नेपालमा विद्युतीय सवारीसाधनको संख्या पनि बढ्दै गएको छ। तर पर्याप्त चार्जिङ स्टेसनको अभावका कारण विद्युतीय सवारीसाधनमार्फत थाहा नगर आउने पर्यटकलाई असहजता हुँदै आएको थियो। थानाबजारमा फास्ट चार्जिङ स्टेसन सञ्चालनमा आएसँगै विद्युतीय सवारीसाधनबाट थाहा आउने पर्यटकलाई थप सहज हुने अपेक्षा गरिएको छ।

थाहा नगरपालिका तथा नेपाल विद्युत् प्राधिकरण, पालुङ शाखाको सहयोगमा नगरमा आवश्यक रहेको चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको ऋषेश्वर फास्ट चार्जिङ स्टेसनका सञ्चालक प्रो. देवराज कार्कीले जानकारी दिए।

कार्कीका अनुसार चार्जिङ सेवासँगै स्टेसनमा वासिङ सेन्टर, ग्यारेज तथा रेस्टुरेन्ट समेत सञ्चालन गर्ने योजना रहेको छ। उनका अनुसार एउटै स्थानबाट चार्जिङ, सवारीसाधन मर्मत, सरसफाइ तथा खानाको सुविधा उपलब्ध गराउने उद्देश्य राखिएको छ।

थाहा नगरमा विद्युतीय सवारीसाधनका लागि आवश्यक पूर्वाधार विस्तार हुनु पर्यटन प्रवर्द्धनका दृष्टिले समेत महत्वपूर्ण मानिएको छ। चार्जिङ पूर्वाधारको विस्तारसँगै काठमाडौंलगायत विभिन्न स्थानबाट विद्युतीय सवारीसाधनमार्फत थाहा नगर भ्रमण गर्ने पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको छ।

स्थानीय स्तरमा विद्युतीय सवारीसाधनमैत्री पूर्वाधार विकासले थाहा नगरलाई पर्यटन तथा ईभीमैत्री गन्तव्यका रूपमा विकास गर्न थप सहयोग पुग्ने देखिन्छ।

1786680837572-1786680992.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...