pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा नगरमा व्यावसायिक सीपमूलक आलु परिकार तयारी तालिम सुरु

20250619_121205-1750316770.jpg

मकवानपुरको थाहा नगरपालिकामा व्यावसायिक सीप विकासको उद्देश्यले आलु परिकार तयारी तालिम सुरु भएको छ। असार ५ गतेदेखि प्रारम्भ भएको तालिम होटल सुनगाभामा सञ्चालन भइरहेको छ। तीन दिनसम्म चल्ने तालिममा ३५ जनाको सहभागीता रहेको पालुङ बहुउद्देश्यीय सहकारीका सह व्यवस्थापक राम प्रसाद ढकालले जानकारी दिए।

तालिम पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा र बागमती प्रदेश सरकारको सहकारी तथा गरिबी निवारण मन्त्रालयको साझेदारीमा संचालन गरिएको हो।

तालिममा प्रशिक्षकको रूपमा हिमाल भुषाल, जो आलु बाली विकास केन्द्र, सिन्धुपाल्चोकमा कार्यरत छन्, उपस्थित छन्। उनले आलुबाट तयार गर्न सकिने विभिन्न परिकारहरूको तयारी विधिबारे सहभागीहरूलाई व्यावहारिक प्रशिक्षण दिइरहेका छन्।

कार्यक्रमको सुरुवाती सत्रमा सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्ट, लेखा समिति सदस्य रुपचन्द्र गोपालीराजकुमार कार्की, कार्यसमिति सदस्यहरू रिता कार्की, जानुका ढकाल, राजन ढकाल, व्यवस्थापक प्रकाश पौडेल र सह व्यवस्थापक राम प्रसाद ढकालको उपस्थिति रहेको थियो।

तालिमको उद्घाटन सत्रमा सहभागीहरूलाई स्वागत गर्दै आयोजकले यस्तो प्रकारका सीपमूलक तालिमहरू ग्रामीण क्षेत्रमा स्वरोजगारको राम्रो आधार बन्न सक्ने विश्वास व्यक्त गरेका थिए।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...