pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा नगरमा महिला लक्षित व्यावसायिक तरकारी खेती तालिम सुरु

FB_IMG_1750602635763-1750602770.jpg

मकवानपुर, थाहा नगरपालिका – राष्ट्रपति महिला सशक्तीकरण परियोजना अन्तर्गत जीविकोपार्जन सुधार कार्यक्रमअन्तर्गत थाहा नगरपालिकामा व्यावसायिक तरकारी खेतीसम्बन्धी पाँच दिने तालिम सुरु भएको छ।

लालीगुरास महिला बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र थाहा नगरपालिकाको सहकार्यमा आयोजित तालिम असार ८ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रिता प्रधानले बताउनुभयो।

जनकल्याण माबिमा कृषि अध्यापन गराउने बाली बिज्ञ प्रशिक्षक निश्चल साक्य र बागवानी केन्द्र दामनमा कार्यरत  प्रशिक्षण दिने तालिममा हिंसापीडित, दलित, जनजाति समुदायका २५ जना महिलाहरूको सक्रिय सहभागिता रहेको छ। तालिमको उद्घाटन कार्यक्रममा संस्थाकी अध्यक्ष रिता प्रधानले अध्यक्षता गरेकी थिइन् भने प्रमुख अतिथिका रुपमा थाहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान सहभागी भएका थिए।

कार्यक्रममा थाहा नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्रमान प्रधान, ईलाका प्रहरी कार्यालयका प्रमुख सविन बाबू अर्याल, थाहा नगर महिला बालबालिका शाखा प्रमुख प्रतिमा मोक्तान, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, वडा नं. २ का सदस्य अर्जुन कार्की र झम्केश्वरी माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रदीप प्रधान स्थानीय सामुदायिक बन उपभोक्ता महासंघका अध्यक्ष गणेशमान प्रधान,थाहा नगर रोजगार संयोजक कुमार नेगीको उपस्थिति रहेको थियो।

तालिम सहभागी महिलालाई बीउ पूँजीसमेत प्रदान गरिने र थाहा नगरपालिकाले तालिमको प्रभावकारिता र बीउ पूँजीको उपयोगबारे अनुगमन गरिरहने थाहा नगर महिला बालबालिका शाखा प्रमुख प्रतिमा मोक्तानले बताउनुभयो ।

कार्यक्रममा संस्थाकी उपाध्यक्ष नानिछोरी प्रधानले स्वागत मन्तव्य दिएकी थिइन्। तालिमबाट सहभागी महिलाहरूमा आत्मनिर्भरता र आयआर्जनका लागि कृषि व्यवसायमा लाग्ने प्रेरणा मिल्नेमा बिश्वास रहेको कार्यक्रमका वक्ताहरुले बताउनुभयो ।

FB_IMG_1750602641940-1750602771.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...