pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा नगरमा 'प्लास्टिक प्रदूषण अन्त्य गरौं' नारासहित विश्व वातावरण दिवस भव्य रूपमा सम्पन्न( फोटो फिचर)

FB_IMG_1749134041598-1749134057.jpg

थाहा नगरपालिका, जेठ २३ – ‘प्लास्टिक प्रदूषण अन्त्य गरौं’ भन्ने विश्वव्यापी नाराका साथ थाहा नगरमा विविध कार्यक्रमसहित विश्व वातावरण दिवस २०८२ भव्य रूपमा सम्पन्न गरिएको छ। नगरपालिकाको आयोजना तथा विङ युथको सहकार्यमा कार्यालय परिसर र इन्द्रायणी चौरमा फूल तथा फलफूलका बिरुवाहरू रोपिएका छन्।

कार्यक्रमका अवसरमा बजार व्यवस्थापन समिति, टोल विकास संस्था तथा नगरपालिकाका कर्मचारीहरूलाई थाहामै निर्मित वातावरणमैत्री झोला वितरण गरिएको थियो। साथै, जनकल्याण माध्यमिक विद्यालयलाई २० थान डस्टबिन प्रदान गरिएको सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछानेले जानकारी दिए।

थाहा नगरपालिकाको वन तथा वातावरण समितिले बजार व्यवस्थापन समिति तथा टोल विकास संस्थासँग अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरेको थियो। यसै अवसरमा पालुङ जेसीज र इलाका प्रहरी कार्यालय पालुङको सहकार्यमा बुद्ध चोक, थाना बजारमा सडक सुशासनसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको थियो।

बज्रबाराही बजार व्यवस्थापन समिति, रुप्से किटेनी टोल विकास संस्था, बुद्ध चोक थाहा बजार व्यवस्थापन समिति, बागेखोला टोल विकास समिति, सेती गणेश बजार व्यवस्थापन समिति, स्वास्थ्य चोक बजार व्यवस्थापन समिति, पालुङ प्राथमिक स्वास्थ्य केन्द्र, जनकल्याण माविको पर्यटन क्लब, थाहा ११ को टिस्टुङ नौखण्डे बजार, चित्लाङ, डाँडाबास, बाघेखोला, दम्की, दामन सिमभञ्ज्याङ, बज्रबाराही मावि, पालुङ मोर्डन इङ्लिस स्कुल लगायतका संस्थाहरूले पनि विभिन्न कार्यक्रम सञ्चालन गरेका थिए।

कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बिष्टले स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक हकलाई व्यवहारमा उतार्न सबैले संकल्प गर्नुपर्ने बताउनुभयो। उहाँका अनुसार जलवायु परिवर्तन र प्लास्टिक प्रदूषणको चुनौती समाधान गर्न वृक्षारोपण अपरिहार्य छ। हरितगृह ग्यासको उत्सर्जन कम गर्न वन जङ्गलको संरक्षण, संवर्द्धन र विकासमा जोड दिनुपर्ने उहाँको धारणा थियो।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा विश्वभर वातावरण दिवस मनाउने गरिन्छ। सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउने परम्परा सुरु गरिएको हो।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...