Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

थाहा नगरभित्र छरिएर रहेको सहकारीहरुको एकीकरणमा जोड दिनुस:- नगर प्रमुख बिष्ट

FB_IMG_1734178560174-1734180919.jpg

थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टले नगरपालिका भित्र छरिएर रहेका सहकारी हरु एकीकरण हुनुपर्नेमा जोड दिएका छन।
आज थाहा नगरपालिकाको बज्रवाराहीमा आयोजित पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको बज्रवाराही सेवा केन्द्र स्तरीय २५ औं वार्षिक साधारणसभा समारोहलाई सम्बोधन गर्दै प्रमुख बिष्टले सहकारी एकीकरणमा जोड दिएका हुन।
प्रमुख अतिथी बिष्टले सहकारीहरुको बर्तमान अवस्थामा देखिएको समस्याको निरुपण गर्न सहकारीको मर्ज बिकल्प रहेको बताउदै सहकारी राम्रो बनाउन सेयर सदस्यहरु चनाखो हुनुपर्ने बताए।साथै उनले राज्यको मुलधारमा समाहित हुन नसकेको वा पहुँच बाट टाढा रहेकाहरुको आधारभुत आवश्यकता पुर्ती गर्न सहकारीले ठूलो भुमिका खेलेको उल्लेख गर्दै सिमित सहकारीमा देखिएको समस्यालाई आधार बनाएर सबै सहकारीलाइ एउटै मेसोमा राख्न नहुने बताउनुभयो।
प्रमुख बिष्टले थाहा नगरपालिकाले व्यवस्थित रुपमा सहकारीहरुको अनुगमन र नियमन गर्ने प्रतिवद्द्ता व्यक्त गर्दै पालुङ बहुउद्देश्यीय सहकारी सम्पुर्ण थाहा नगरबासीको भरपर्दो संस्था रहेको बताए।
पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्टको अध्यक्षतामा भएको साधारणसभामा विभिन्न सहकारी संस्थाका प्रतिनिधि तथा बज्रवाराही सेवाकेन्द्र अन्तर्गत रहेका सेयर सदस्यहरुको उल्लेख्य उपस्तिथि रहेको थियो।
संस्थाले यस बर्ष देखि हेटौंडा र बज्रवाराही र मुख्य कार्यालयमा छुट्टाछुट्टै साधारणसभा गर्दै छ।
मुख्य साधारणसभा भने संस्थाको २५ औं स्थापना दिवसको अवसर पारेर मुख्य कार्यालय रहेको स्थान थानाबजारमा पौष ९ गते बिबिध कार्यक्रम सहित साधारणसभा गर्ने संस्थाका मुख्य व्यवस्थापक प्रकाश पौडेलले जानकारी दिएका छन।

FB_IMG_1734180942813-1734180958.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg