Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा नगरभित्रका साना सहकारीहरुको एकीकरण आवश्यक :-नगर प्रमुख बिष्ट

b1-1671277644.jpg

थाहा नगरपालिकाको आर्थिक समृद्धि नगर भित्र रहेका सहकारी हरुको पनि महत्वपूर्ण भुमिका रहने भन्दै नगर प्रमुख बिष्णु बिष्टले नगर भित्र रहेका साना सहकारीको एकीकरण आवश्यक रहेको बताउनुभयको छ। शनिबार थाहा नगरपालिकामा मुख्य कार्यालय रहेको जिल्लाकै उत्कृष्ट तथा सबभन्दा धेरै सदस्य संख्या रहेको सहकारी पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं वाषिर्क साधारणसभाको उद्घाटन सत्रलाइ शुभकामना दिदै प्रमुख बिष्टले उक्त भनाइ व्यक्त गर्नुभयको हो। प्रमुख बिष्टले आर्थिक मन्दिको चपेटामा सरकारको तीन खम्बे अर्थनितिको एक खम्बा सहकारी पनि चपेटामा परेकोले आर्थिक मन्दी संग जुध्न सहकारी हरुको एकीकरण आवश्यक रहेको र तेसको लागि नगर भित्र रहेका ठुलो सहकारी संस्थाहरुले पहल गर्नुपर्नेमा जोड दिदै तेसको लागि थाहा नगरपालिकाले सहयोग गर्न तत्पर रहेको बताउनुभयो । मेयर बिष्टले आलोचनाको नाममा आलोचना मात्र गरिरहने संग कुनै गुनासो नरहेको बताउदै थाहा नगरमा मलको समस्या समाधानको लागि नव निर्वाचित प्रदेश तथा संघको सांसदहरूलाई केन्द्रमा पहल गरिदिन आग्रह गर्दै मलमा सहकारी र स्थानीय सरकारको समस्या नभई केन्द्र सरकारको नितिले समस्या पारेको प्रष्ट पार्दै प्रदेश तहमा थाहा नगरभित्र रासायनिक मलको कोटा बढाउने आश्वासन पाएको बताउनुभयो। पालुङ बहुउद्देश्यीय सहकारीले द्वन्दकालमा समेत यहाँका जनतालाई बैंकको सुबिधा दियको स्मरण गर्दै देशमा अनेक व्यवस्था परिवर्तन हुँदा पनि अवस्था परिवर्तन हुन नसकेकोले सहकारी हरुले बचत तथा ऋणको कारोबार बाट मुक्त भइ अन्य आर्थिक उपार्जनका किर्याकलाप ,स्वरोजगार मुलक तथा शिपमुलक आर्थिक कारोवारमा जोड दिनुपर्ने बताए।

अर्का बिशिस्ट अतिथी थाहा नगरका उपप्रमुख भरत गोपालिले पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले गरेको सफलतालाई धन्यवाद दिंदै आगामी दिनमा सञ्चालक, शेयर सदस्य र कर्मचारी तीनै पाटालाई समेटेर अझ उत्कृष्ठ सफलता हासिल गर्न शुभकामना व्यक्त गरे ।

संस्थाका अध्यक्ष पुर्शोत्तम कार्कीको सभाध्यक्षता मा सम्पन्न साधारणसभाको उद्घाटन सत्रमा संस्थापक अध्यक्ष बिष्णुहरी ढकाल जंगली,नेपाल कृषि सहकारी संघ लेखा समिती संयोजक तथा साना किसान सहकारी वज्रवाराहिका अध्यक्ष महेश्वर सुवेदी ,बागमती प्रदेश सहकारी संघका सदस्य ,मकवानपुर जिल्ला सहकारी संघका कोषाध्यक्ष तथा संस्थाका निवर्तमान अध्यक्ष बिमल कुमार ढकाल,पुर्व लेखासमिती संयोजक उमेश ढकाल,नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा संस्थाका हेटौंडा सेवा केन्द्रका उपसमिती संयोजक बिष्णु प्रसाद ढकाल,जिल्ला बचत तथा ऋण सहकारी संघका सचिब बिरेन्द्र ढुंगाना ,संस्थाका मुख्य व्यवस्थापक प्रकाश पौडेल ,१२ वटा वडाका वडा अध्यक्षहरु,विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु ,अखिल नेपाल शिक्षक संघका केन्द्रिय अध्यक्ष सानोभाइ कार्की,नगर भित्र रहेका सहकारीका अध्यक्ष तथा प्रतिनिधिहरु,नगर भित्र रहेका बित्तिय संस्थाका प्रमुखहरु,संघसंस्था तथा सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख लगायत शेयर सदस्य तथा संचालक समितीका पदाधिकारी हरुको उपस्थिति रहेको थियो। कार्यक्रममा सहकारीको तर्फबाट हरिकृष्ण कार्की ,संघसंस्थाको तर्फबाट थाहा नगर उद्योग बाणिज्य संघका अध्यक्ष कविराज खत्री,राजनैतिक दलका तर्फबाट एमाले नेता बिष्णु प्रसाद ढकाल,सिए उमेश प्रसाद ढकाल,संस्थापक अध्यक्ष बिष्णुहरी ढकाल,निवर्तमान अध्यक्ष बिमलकुमार ढकाल,लगायतकाले साधारणसभाको सफलताको कामना गर्दै नयाँ नेतृत्व सर्वसम्मत चुन्न शुभकामना दिए। साधारणसभाको अवसरमा सहकारीमा उत्कृष्ट कारोवार गर्नेहरुलाई सम्मान गरियको थियो उत्कृष्ट बचत तर्फ केदार प्रसाद बिडारी,दिपक प्रसाद सुवेदी,अविनाश तामाङ ,विद्या स्याङ्तानले सम्मान प्राप्त गर्दा उत्कृष्ट ऋणि सदस्यहरु गणेश कुमारी कार्की ,विमला गिरी,ठुलोकान्छा वाइवा ,तुलसि बिष्ट ,धर्मेन्द्र गोपालिले सम्मान प्राप्त गरे तेसै गरि मालागिरी आयाआर्जन समूह,चन्डेश्वरी महिला समूह,तथा कालाभैरव महिला समूह उत्कृष्ट समूह घोषणा भए। तेसै गरि संस्थाले प्रत्येक बर्ष प्रदान गर्ने उत्कृष्ट विद्यार्थी हरुमा संस्थागत तर्फ सरस्वती विद्या मन्दिर बज्रवाराहिका वसन्त भट्ट र हिमालयनकि सिम्रन कार्की उत्कृष्ट भए भने सामुदायिक विद्यालयको तर्फबाट सुनौला माबिकि कृतिका लामिछाने तथा जनकल्याणका मनोज कार्की उत्कृष्ट भए उनिहरुलाइ प्रमुख अतिथीले सम्मानपत्र तथा नगद प्रदान गरेका थिय। तेस्तै वृद्ध सम्मानमा थाहा २ का गंगादत्त ढकाल तथा थाहा ६ कि माइली दमाई सम्मानित भए। साधारणसभाकै अवसरमा संस्थाका लेखा समिती संयोजक अच्युतम प्रसाद ढकालले जनकल्याण माबिमा कक्षा ११ मा अध्यनरत २ जना गरिव तथा जेहेन्दार विद्यार्थी लाई जनही १० हजार ५ सय नगद छात्रवृत्ति प्रदान गरेका थिय। कार्यक्रमलाई संस्थाका सचिव अरुण रायमाझीले संचालन गरेका थिय।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...