Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

थाहा नगरभर हिमपात,राजमार्ग अबरुद्ध ,जनजिबन जाडोले प्रभावित।

IMG_20220204_112647_247-1643972207.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको दामन–सिमभञ्ज्याङ क्षेत्रमा शुक्रबार रातिदेखि हिमपात भएको छ । जसका कारण त्रिभुवन राजपथमा सवारी आवागमन अवरुद्ध भएको छ । यसवर्ष त्यस क्षेत्रमा तेस्रो पटक हिमपात भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हाल हेटौंडाबाट जाने सवारीलाई गोलमोडमा र पालुङतर्फबाट आउने सवारीलाई दामनमा रोकिएको छ तर सबारी साधन भने थाहाको नयाँ गाउँ बाटै चल्न नसक्ने गरि हिउँ परेको छ। मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार हिउँको कारण सवारी सञ्चालन हुन सकेको छैन । थाहा नगरपालिकासँग समन्वय गरेर सडक सञ्चालनमा ल्याउने उनले जानकारी दिए ।
हिउँ परेसँगै त्यसक्षेत्रको जनजीवन भने कष्टकर बनेको छ । पटकपटक हिउँ परेपछि त्यसक्षेत्रका होटल व्यवसायी भने उत्साहित भएका छन् । हिउँ परेसँगै मकवानपुरका विभिन्न स्थान र अन्य जिल्लाबाट पनि हिउँ खेल्न जाने गर्दछन् ।
बागमती प्रदेशको राजधानी हेटौंडाबाट ७० किलोमिटर उत्तर र संघीय राजधानी काठमाडौँबाट ८० किलोमिटर दक्षिणमा अवस्थित दामन-सिम्भञ्ज्याङ क्षेत्रमा करिव एक फुट सम्म हिउँ जमेको स्थानीयहरु बताउँछन् । दुई हजार ४ सय ८८ मिटर उँचाइ रहेको सिम्भञ्ज्याङ मकवानपुरकै सबैभन्दा अग्लो क्षेत्र हो।हिमपात थाहा नगरभर पालुङ,डाडाबास,चिसापानी,टिस्टुङ,बज्रबाराही,चित्लाङ,  
लगायत सबैतिर हिमपात भएको ले जनजीवन भने जाडोले प्रभावित बनेको छ।

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

IMG_20220204_112647_247-1643972230.jpg
1643942791489-1643972231.jpg
IMG_20220204_112647_247-1643972695.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg