Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

थाहा नगरप्रमुखको अगुवाइमा ऋषेश्वर मन्दिर जाने बाटो सरसफाइ

FB_IMG_1753628953472-1753628968.jpg

मकवानपुर, थाहा — थाहा नगरपालिकाको प्रमुख विष्णु बिष्टको नेतृत्वमा आइतबार ऋषेश्वर क्षेत्रको प्रवेशद्वारदेखि मन्दिरसम्मको करिब एक हजार मिटर दूरीमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। ऋषेश्वर क्षेत्र विकास समितिको आयोजनामा भएको उक्त अभियानले धार्मिक, पर्यटकीय र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण स्थान मानिने ऋषेश्वर मन्दिर क्षेत्रलाई अझ स्वच्छ र आकर्षक बनाउन योगदान पुर्‍याएको छ।

कार्यक्रममा दामन र सिमभञ्ज्याङका बजार व्यवस्थापन समितिका पदाधिकारीहरू, बुद्धचोक बजार व्यवस्थापन समिति, थानाबजार र शिखरकोट बजार व्यवस्थापन समितिका सदस्यहरू, क्षेत्र विकास समितिका पदाधिकारीहरू, विभिन्न वडा जनप्रतिनिधिहरू, नगर प्रहरी, इलाका प्रहरी कार्यालयका प्रतिनिधिहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

स्थानीय सरकार, प्रहरी प्रशासन, बजार व्यवस्थापन समिति तथा समुदायबीचको सहकार्यमार्फत भएको यस सरसफाइ कार्यक्रमले सार्वजनिक सरसफाइप्रतिको चेतना अभिवृद्धि गर्नुका साथै धार्मिक क्षेत्रको संरक्षण र प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

नगर प्रमुख विष्णु बिष्टले अभियानको सुरुवात गर्दै ऋषेश्वर क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नगरपालिकाले आवश्यक पूर्वाधार निर्माण तथा सरसफाइ कार्यक्रमलाई निरन्तरता दिने बताए।

स्थानीय वासिन्दाहरूले समेत सरसफाइ जस्ता अभियानमा सामूहिक सहभागिता आवश्यक रहेको भन्दै यस्ता कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।

 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg