pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा नगरपालिका र थाहानगर उद्योग वाणिज्य संघको सहकार्यमा ‘घरदैलो कर शिविर’

FB_IMG_1695654201810-1695654219.jpg

थाहा नगरपालिका र थाहानगर उद्योग वाणिज्य संघको सहकार्यमा थाहा नगरपालिकामा घरदैलो कर शिविर शुरु गरिएको छ । राज्यलाई कर तिर्नु नागरिकको कर्तव्य भएकोले यसअघिका शिविरहरुमा छुटेका र नगरपालिकासम्म आउन नसकेका करदाताहरुलाई मध्यनजर गरेर वडागत रुपमै कर शिविर शुरु गरिएको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बताए ।

८ असोजमा थाहा नगरपालिकाको वडा नं. ३ बागेखोलाबाट घरदैलो कर शिविर शुरु गरिएको हो । बागेखोला, दम्की, चौकीभञ्ज्याङ लगायतको क्षेत्रलाई पायक पर्नेगरी राखिएको शिविरमा यसअघि छुटेका र नयाँ व्यवसायीहरु व्यवसाय दर्ता गर्न आएपछि अब सो क्षेत्रमा करिब व्यवसाय दर्ता नगराउनेहरु नरहेको कार्यक्रम संयोजक यादवजंग रायमाझीले बताए । घरदैलो कर शिविर सञ्चालन अघि थाहानगर उद्योग वाणिज्य संघको पहलमा उद्योग तथा वाणिज्य व्यवसाय सञ्चालकहरुलाई भेटेर करको दायरामा रहे÷नरहेको एकीन गरी नरहेको भए व्यवसाय दर्ता गराउन र आवश्यक कर तिर्ने प्रयोजनका लागि शिविरमा आउन निम्ता दिइएको थियो । थाहा नगर उद्योग वाणिज्य संघले सबै वडामा आयोजना हुने घरदैलो कर शिविरको लागि संयोजकहरु तोकेको संघका उपाध्यक्ष सुरेन्द्रमान प्रधानले बताए ।

शिविरमा आय विवरण भरी आयकरमा दाखिला, ५ लाखसम्मको पूँजी भएको उद्योग, व्यापार व्यवसाय नगरपालिकामा दर्ता, विभिन्न व्यवसाय दर्ता तथा नवीकरण, कृषि तथा पशु पंक्षी फर्म दर्ता, घर बहाल कर, बहाल बिटौली कर तथा अन्य करहरुको सेवा प्रदान गरिएको छ । नगरपालिका तथा थाहानगर उद्योग वाणिज्य संघका कर्मचारीहरु कर शिविरमा खटिएका छन् । अब ९ असोजमा वढा नं. ४ को दामन–सिमञ्ज्याङमा र १० असोजमा वडा नं. २ को फाँटबजार–फेदीगाउँमा घरदैलो शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको  आयोजकले जानकारी दिएको छ ।

यसैबीच थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, प्रशासन महाशाखा प्रमुख अजित घिमिरे, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल लगायतले घरदैलो कर शिविरको अनुगमन गरेका थिए ।

अनुगमनको क्रममा उपप्रमुख गोपालीले अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा थाहा नगरपालिकाको राजश्व वृद्धि हुने विश्वास व्यक्त गरे । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत गिरीले नगरपालिकाका सबै व्यवसायीहरुलाई नगरको कर प्रणालीमा जोड्न विशेष ढंगले लागिरहेको बताए ।

FB_IMG_1695654196546-1695654220.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...