pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

थाहा नगरपालिका द्वारा ५० प्रतिशत अनुदानमा उन्नतजातको आलुको बीउ बितरण

FB_IMG_1735733862293-1735733872.jpg

आलु खेतीको लागि थाहा नगरपालिकाको कृषि बिकास शाखाले ५० प्रतिशत अनुदानमा नगरको वडा न ३ मा बीउ आलु बितरण गरेको छ।
थाहा नगरपालिकाको ५० प्रतिशत अनुदान लागत र वडामा रहेको अविरल कृषि समुहको ५० प्रतिशत लागतमा आलुको उन्नत जातको बीउ बितरण गरिएको हो।
थाहा नगरपालिकाको २ लाख ९३ हजार र कृषि समुहको २ लाख ९३ हजार गरि ५ लाख ८६ हजारको ६ हजार पचास किलो साजिटा जातको उन्नत आलुको बीउ बितरण गरिएको थाहा नगरपालिका कृषि शाखा प्रमुख संजय तिवारीले बताए।
थाहा नगरपालिकालाई आलुको बिउमा आत्मनिर्भर बनाउनको लागि यस्ता कार्यक्रम लेराएको बताउदै होटल रेष्टुरेन्ट तथा उद्योगको निम्ति यो आलुको माग उच्च रहेकोले बजारीकरणमा समस्या नरहेको बताए।
अबिरल कृषि समुहका सदस्य तथा अगुवा कृषक श्याम बिष्टले साजिटा जातको आलु अहिले नेपालको धेरै स्थानमा बीउ बिकासको लागि उच्च माग रहेको हुँदा भारतको हिमान्चल बाट यो बीउ आएको बताउदै नेपाल सरकारले सिफारिस गरेको बीउ भएको हुँदा ढुक्क भएर लगाउदा हुने बताए।
कृषक नवराज बर्तौलाले थाहा नगरले आलु उत्पादन राम्रो गर्न सिचाइ सुबिधा लाई पनि व्यवस्थापन गर्नुपर्ने बताए।
थाहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानले कृषकले उत्पादन गरेको आलुमा बजारको समस्या नरहेको हुँदा गुणस्तरिय उत्पादनमा ध्यान दिन कृषकलाइ आग्रह गरे ।
थाहा नगर प्रमुख बिष्टले नगरपालिकाले सबैभन्दा बढी बजेट कृषि क्षेत्रमा बिनियोजन गरेको उल्यख गर्दै संघिय सरकार र प्रदेश सरकारको रासायनिक मल बितरण प्रणालीले भने थाहाका कृषकहरुलाई मारमा पारेको बताउदै मल बितरणमा थाहा नगरपालिकालाई उच्च प्राथमिकतामा राख्न अनुरोध गरे।
समुहका जेष्ठ सदस्य सानोकाजी कार्कीको अध्यक्षतामा सम्पन्न बीउ आलु बितरण कार्यक्रममा थाहा ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी,विभिन्न कृषि समुहका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...