pani-1786865868.jpg
Friday, 18 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा नगरपालिका द्वारा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण

1719744713861-1719744880.jpg

थाहा नगरपालिकाले लघु उद्यमीलाई प्रविधि सहयोग गरेको छ । गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नगरपालिकाले थाहाका दामन महिला अल्लो हेन्डिक्राफ्ट उद्यमी समुहलाई आज प्रविधि हस्तान्तरण गरेको हो ।

बिकास घरको  हलमा आयोजित कार्यक्रममा अल्लो तथा हेम्प बाट बनेको कपडा सिलाउने हेवी जुकि मेसीन मोटर सहित एक थान तथा हेवी जुकि लक मेसीन मोटर सहित एक थान गरी एक लाख पचास हजार रुपैयाँ बरावरको मेसीन वितरण गरिएको मेड्पाकी  कार्यक्रम संयोजक सुनिता बुढाले जानकारी दिइन् ।
 उक्त सामाग्रीहरु नगर प्रमुख बिष्णु बिष्ट, वडा नम्बर ३का वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझी,थाहा नगरका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी,रोजगार संयोजक कुमार नेगी र मेड्पाका फोकल  पर्सन अस्मिता तिवारी घिमिरेले संयुक्तरुपमा हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै नगर प्रमुख बिष्टले आफ्नो सिप र क्षमतालाई सदुपयोग गर्दै अघि बढ्नु पर्ने बताउनुभयो। राज्यको सम्पति दुरुपयोग गर्न नहुने भन्दै उनले नगरले प्रदान गरेका सामाग्रीहरुको सहि सदुपयोग गर्न आग्रह गरे । शीपलाई श्रम र श्रमलाई बजारसंग जोड्नु पर्ने बताउँदै नगर प्रमुख बिष्टले वैदेशिक रोजगारीमा जानु भन्दा यहि मेहनत गर्न सके जिवनस्तर उकास्न सकिने धारणा राख्नुभयो । उनले आर्थिक उपार्जनका लागि उत्पादनमा जोड दिन सहभागीहरुलाई आग्रह गरे ।

यस्तै नगरका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले स्वरोजगारका लागि गरिएको यो सहयोग ठिकसंग उपयोग गर्नु पर्ने बताए । प्रविधिसँग जोडेर काम गर्नु पर्ने बताउँदै उनले आज वितरण गरीएको प्रविधि उपयोग भए नभएको बारे नगरले अनुगमन गर्ने बताए । अनुगमनका क्रममा सामाग्री उपयोग नभएको पाइए फिर्ता ल्याएर अन्यलाई वितरण गर्ने जनाइएको छ ।

नगरपालिकाले लघु उद्यम विकास कार्यक्रम अन्तर्गत व्युटीपार्लर, सिलाई कटाई , डल बनाउने, मुढा बनाउने, कृस्टलको गहना पोते बनाउने, अचार बनाउने लगायतका महत्वपूर्ण तालिमहरु प्रदान गर्दै आएको छ।
दामन महिला अल्लो समुहले अल्लो र हेम्प बाट धागो निकाली कपडा बनाउदै आइरहेको छ।
प्रविधी हस्तान्तरण पछि समुहका अध्यक्ष रेश्मा गोपालीले प्रविधी पाएपछि व्यावसायिक रुपमा काम गर्न जागर बढेर आएको बताइन।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...