Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

थाहा नगरपालिकामा ‘ह्यापिनेस प्रोग्राम’ सञ्चालन हुने

FB_IMG_1766840963092-1766840975.jpg

थाहा नगरपालिका, पालुङमा मानसिक, शारीरिक तथा भावनात्मक सन्तुलन अभिवृद्धि गर्ने उद्देश्यले ‘ह्यापिनेस प्रोग्राम’ सञ्चालन हुने भएको छ। उक्त कार्यक्रम द आर्ट अफ लिभिङ नेपाल र लायन्स क्लब अफ थाहा पिस को सहकार्यमा आयोजना हुन लागेको हो।
आगामी पौष १७ गतेदेखि २२ गतेसम्म  सञ्चालन हुने यस कार्यक्रममा ध्यान, श्वासप्रश्वास तथा जीवनशैली सुधारसम्बन्धी अभ्यासहरू गराइने आयोजकले जनाएको छ। कार्यक्रमले सहभागीहरूलाई राम्रो निद्रा लिन सहयोग गर्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने, एकाग्रता अभिवृद्धि गर्ने, सही निर्णय क्षमता विकास गर्ने, मस्तिष्कको कार्यक्षमता बढाउने, भावनात्मक व्यवस्थापनमा सहयोग पुर्‍याउने तथा सिर्जनशीलता र नवप्रवर्तनमा वृद्धि गर्ने विश्वास लिइएको छ।
कार्यक्रम थानाबजारमा आयोजना हुनेछ। सहभागीहरूका लागि समयतालिका अनुसार बिहान ६ बजेदेखि ९ बजेसम्म, दिउँसो ११ बजेदेखि २ बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म कक्षा सञ्चालन गरिनेछ।
कार्यक्रमको प्रशिक्षण ब्रदर श्रीचैतन्य जी ले प्रदान गर्नुहुनेछ। कार्यक्रममा सहभागिताका लागि प्रतिव्यक्ति रु. १५००/- शुल्क निर्धारण गरिएको छ। थप जानकारी तथा दर्ताका लागि ९८२४४९२९४९ नम्बरमा सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg