Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

थाहा नगरपालिकामा बाँदर भगाउने यन्त्र आयो, ५० प्रतिशत अनुदानमा वितरण गरिने

banduk-1599448296.jpg

बाँदरले बालीनाली सखाप पार्न थालेको किसानहरुको गुनासो व्यापक भएपछि थाहा नगरपालिका आफैले बाँदर थपाउने यन्त्र खरिद गरी ल्याएको छ । ‘बाँदर भगाउने बन्दुक’ भनेर चिनिने यो यन्त्र नगरपालिकाको कृषि शाखाले राष्ट्रिय आविष्कार केन्द्र, काठमाण्डौंबाट खरिद गरी ल्याएको हो । 
राष्ट्रिय आविष्कार केन्द्र नेपालका प्रमुख महाविर पुनसँग सम्पर्क गरी नगरपालिकाको सिफारिसमा हाललाई ४० वटा यन्त्र खरिद गरी ल्याएको नगर कृषि शाखाका प्रमुख सञ्जय तिवारीले बताउनुभयो । 

नगरपालिकामा बाँदर भगाउने यन्त्र आएपछि अब कार्यविधि बनाएर तुरुन्तै पीडित कृषकहरुलाई वितरणको प्रक्रिया शुरु गर्ने नगरपालिकाका प्रमुख लवशेर विष्टले बताउनुभयो । वडाको सिफारिसमा आवश्यकता अनुसार बढी प्रभावित टोलका लागि एउटा दिने गरी कार्यविधि बनाउन लागेको उहाँको भनाइ छ । 

१२ वटा वडा रहेको थाहानगरमा प्रत्येक वडाका लागि ३ वटाका दरले वितरण गरिने कृषि शाखा प्रमुख तिवारीले बताउनु भयो । उहाँका अनुसार नगरको सबै वडाका कृषकहरु बाँदरको व्यवहारले पीडित हुँदै आएका छन् । 

उक्त यन्त्रमा बारुद भरेर पड्काउने र त्यसबाट भयंकर आवाज आउने हुँदा बाँदरहरु तुरुन्तै नफर्किने गरी भाग्ने प्राविधिकहरुको दाबी रहेको छ । करिब २० वटा भरुवा बन्दुक पड्काएजति आवाज आउने भएकोले बाँदरहरु आतंकित भएर भाग्ने र तत्काललाई कृषकहरुले बाँदरको दुःखबाट मुक्ति पाउने नगरपालिकको कृषि शाखाको भनाइ रहेको छ । 

नगरपालिकाले आफ्नै श्रोतबाट प्रतिगोटा रु. दुई हजार ५ सयका दरले खरिद गरी ल्याएकोमा कृषकलाई ५० प्रतिशत अनुदानमा वितरण गरिने नगरपालिकाले योजना बनाएको छ । वडाको सिफारिसमा बाँदर प्रभावित टोललाई नै सहयोग पुग्ने गरी कृषक वा कृषक समूहका प्रतिनिधिलाई यन्त्र वितरण गरिने र वितरण गर्नु अघि यन्त्र संचालनबारे अभिमुखीकरण गरिने कृषि शाखा प्रमुख तिवारीको भनाइ रहेको छ । 

१२ वटै वडामा वितरण गर्दा एउटा वडाबाट अर्को वडामा भागेर जाने सम्भावना नरहेकोले तत्कालका लागि थाहानगर बाँदरको आतंकबाट मुक्त हुने नगरपालिकाको विश्वास रहेको छ । ‘तर यो अल्पकालीन समस्या हो, यो नगरबाट भागे पनि तिनीहरुले अरु क्षेत्रमा दुःख दिने सम्भावना त रहन्छ नै’, उहाँले भन्नु भयो ।  

केही वर्षदेखि सयौंको संख्यामा रहेको बाँदरहरुको दर्जनभन्दा बढी समूहले थाहा नगरका कृषकहरुले लगाएको नगदे तथा अन्नबाली नष्ट गर्दै आएको छ । 
 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...