pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई बिउ बाख्रा र सहायक उपकरण वितरण

FB_IMG_1749742517904-1749742708.jpg

थाहा नगरपालिका, मकवानपुर — थाहा नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीविकोपार्जनमा टेवा पुर्‍याउने उद्देश्यले ३६ जनालाई प्रजनन योग्य माउ बाख्रा वितरण गरेको छ।

पालिकाले ‘समुदायमा आधारित पुनर्स्थापना सहयोग कार्यक्रम’ अन्तर्गत ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई तालिमसहित बाख्रा वितरण गरेको हो। यस कार्यक्रमलाई थाहा नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको हो।

थाहा नगरपालिका स्तरीय अपाङ्गता समन्वय समितिका अध्यक्ष मनलाल गोपालीका अनुसार मध्यम र सामान्य श्रेणीमा पर्ने अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको वडाअनुसार माग संकलन गरी बाख्रा प्रदान गरिएको हो।

बाख्रा वितरण कार्यक्रमलाई थाहा नगरपालिकाको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता शाखाकी प्रमुख प्रतिमा मोक्तानले  कार्यक्रम सानो भए पनि दीर्घकालीन रूपमा प्रभावकारी हुने विश्वास व्यक्त गर्दै, "यो एउटा सानो बीउ पूँजी हो, जसले ठूलो परिवर्तन ल्याउन सक्छ," भनिन्।

कार्यक्रमका क्रममा  अपाङ्गता सरोकार केन्द्रबाट कृत्रिम खुट्टा एक जनालाई, कृत्रिम हात दुई जनालाई, वैशाखी आठ जनालाई र ह्विलचेयर दुई जनालाई प्रदान गरिएको अपाङ्गता सरोकार केन्द्रका अध्यक्ष गणेश दवाडीले जानकारी दिए।

२०७८ सालको जनगणना अनुसार बागमती प्रदेशमा १ लाख २४ हजार १ सय जना अपाङ्गता भएका व्यक्तिहरू रहेका छन्। स्थानीय तहबाट यस्ता कार्यक्रमले अपाङ्गता भएका समुदायलाई सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने सरोकारवाला  बताउँछन्।

FB_IMG_1749742521860-1749742708.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...