pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा नगरपालिकाको १७ औं नगरसभा सम्पन्न,

FB_IMG_1736513310145-1736513342.jpg

थाहा नगरपालिकाले आफ्नो १७ औं  नगरसभा  सम्पन्न गरेको छ । चालू आर्थिक बर्षमा भएको वित्तीय तथा भौतिक प्रगतीका सम्बन्धमा जानकारी दिनुको साथै गत असोज ११ र १२ गतेको बाढी पहिरोले निम्त्याएको बिपदले थाहा नगरभित्र ठूलो नोक्सानी भएको कारण बिपद पश्चातको प्रतिकार्यको लागि वडा हरुमा बिनियोजित बजेट कटौती लगायत बिबिध कारणले बजेट शीर्षक र रकम संशोधन गर्नको निम्ती हिउँदे अधिवेशन गरेको नगर प्रवक्ता हिरेन्द्र कुमार रायमाझीले बताए ।

थाहा नगरको जेसीज हलमा भएको नगरसभामा अधिवेशनको सभापतित्व नगरप्रमुख बिष्णु विष्टले गरेका छन् । 
नगरसभामा उप–प्रमुख भरत गोपाली,प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधान,कार्यपालिका सदस्यहरु, विभिन्न उपसमितिका संयोजकहरु,नगरसभा सदस्यहरु,नगरपालिकाका शाखा प्रमुख ,कर्मचारी हरुको उपस्तिथि रहेको थियो।
नगरसभामा नगरसभा अध्यक्ष नगर प्रमुख बिष्णु बिष्ट ले आर्थिक बर्ष २०८१/०८२ को समिक्षा वक्तव्य प्रस्तुत गर्दै आर्थिक बर्ष २०८१/०८२ को कुल विनियोजित बजेट ९६ करोड ६५ लाख मध्य पौष २३ गते सम्म चालू तर्फ ३३.४ प्रतिशत र पुजिगत तर्फ ११.२४ प्रतिशत वित्तिय प्रगती भएको विवरण प्रस्तुत गर्दै  वार्षिक लक्ष्यको ३०.५३ प्रतिशत राजस्व संकलन भएको विवरण प्रस्तुत गरे।
नगरसभा बाट नगरपालिकाको अहिले सम्म आर्थिक विकास तर्फ १९.६९ प्रतिशत वित्तीय प्रगती भएको सामाजिक बिकास तर्फ ३३.०६ प्रतिशत,पुर्वाधार बिकास तर्फ १०.५८ प्रतिशत बन बाताबरण तथा विपद व्यवस्थापन तर्फ ८.०७ प्रतिशत र शुशासन तथा संस्थागत विकास तर्फ २९ प्रतिशत प्रगती भएको नगरपालिकाका उपप्रमुख भरत गोपालीले प्रतिवेदन प्रस्तुत गरेका थिए।

नगरपालिकाको १२ वटै वडाहरु,बिषयगत समितीस्तरिय योजनाहरुको संसोधनको लागि उपप्रमुख भरत गोपालीले नगरसभा समक्ष प्रस्तुत गरेको प्रस्ताबमा छलफल सहित पारित भएको छ।


 

FB_IMG_1736513315174-1736513342.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...