pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा नगरपालिकाको समृद्धिको लागि धार्मिक र कृषि पर्यटनमा जोड दिनुपर्छ:-मुख्यमन्त्री लामा

1732613801063-1732613850.jpg

थाहा नगरपालिका बागमती प्रदेशको धार्मिक तथा कृषि पर्यटनको लागि उच्च सम्भावना भएको क्षेत्र रहेको हुँदा यसैको बिकास गर्नुपर्ने  बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामाले बताएका छन।
गोरखनाथ संवत् २८१८ को अवसरमा थाहा नगरपालिका वडा न ३ डाँडागाउँमा गोरखनाथ कल्याण केन्द्रले आयोजना गरेको गोरख संवत् को उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान तथा माता पाथिभरा देवीको मुर्ती अनावरण गर्दै मुख्य मन्त्री लामाले उक्त कुरा राख्नुभएको हो।
मुख्य मन्त्री लामाले थाहा नगरपालिका लाई धार्मिक तथा कृषि पर्यटनको रुपमा लैजान प्रदेश सरकारले सहयोग गर्ने बताउदै प्रदेश सरकारले थाहालाई बिशेष महत्वको साथ हेरेको बताए साथै उनले गोरख संवत् को उपलक्ष्यमा सम्पुर्ण प्रदेशवासीहरुलाई शुभकामना दिनुहुदै गोरखनाथ मन्दिर आउने सडकको स्तरोन्नतिको लागि स्थानीय सरकारलाई डिपिआर सहित प्रदेश सरकार समक्ष आउन आग्रह गर्दै यस धार्मिक क्षेत्रमा सडक,र पाथिभरा मन्दिर जाने बाटो निर्माणको लागि आफुले सहयोग गर्ने प्रतिवद्द्ता व्यक्त गरे।
कार्यक्रमको अवसरमा थाहा नगरपालिकाका नगर प्रमुख भरत गोपालीले गोरखनाथ मन्दिरलाई थाहा नगरपालिकाको प्रमुख धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विभिन्न तरिकाले प्रचारप्रसार गरिरहेको बताउदै  मन्दिर सम्म आउने सडक र पुर्वाधारको लागि बजेट बिनियोजन गरिदिन मुख्यमन्त्री लामा संग अनुरोध गरे।
गोरखनाथ कल्याण केन्द्रका अध्यक्ष फणी प्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोरखनाथ कल्याण केन्द्रका संरक्षक अनन्त प्रसाद खनाल,नेपाली काङ्ग्रेसका नगर सभापति प्रमोदकृष्ण जोशी,वडा न ११ का वडा अध्यक्ष दिनेश बल,लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको अवसरमा गोरखनाथ कल्याण केन्द्र द्वारा पालुङमा निर्मित वायु मण्डलिय सक्तिपिठको निर्माणमा अतुलनीय योगदान दिएको भन्दै कल्याण केन्द्रले थाहा नगरका युवा समाजसेवी तथा निर्माण व्यावसायि राजन ढकाल र शम्भु सिं कार्कीलाई सम्मान  गरेको थियो।
ढकाल र कार्कीलाई प्रमुख अतिथी मुख्यमन्त्री लामाले दोसल्ला र सम्मानपत्र सहित सम्मानित गरेका थिए।

मुख्यमन्त्री लामाले आजै नेपाली काङ्ग्रेस थाहा नगरको पार्टी कार्यालय समेत उद्घाटन गरेका थिए।
थाहा नगरपालिका वडा न ३ थाना बजारमा काङ्ग्रेस नगर कमिटिको कार्यालय उद्घाटन गरेका हुन।

1732613772927-1732613850.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...