jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

थाहा नगरपालिकाकी चेली राम माया थापा इङ्ल्याण्ड राज्य परिषद्को पहिलो महिला अध्यक्षमा निर्वाचित

FB_IMG_1753612187755-1753612248.jpg

इङ्ल्याण्ड राज्य परिषद्को आगामी कार्यकालका लागि अध्यक्ष पदमा समाजसेवी राम माया थापा विजयी भएकी छन्। उनले कुल १०७९ मत ल्याउँदै प्रतिस्पर्धी उम्मेदवारलाई पछि पार्दै अध्यक्ष पदमा निर्वाचित भएकी हुन्। नेपालको मकवानपुर जिल्लाको थाहा नगरपालिकाकी चेली थापाले निर्वाचनपश्चात सबै समुदायप्रति आभार व्यक्त गर्दै, “यो मेरो मात्र होइन, हामी सबैको साझा सफलता हो,” भनेर आफ्नो समर्पण र संकल्प दोहोऱ्याएकी छन्। थापाले निर्वाचनअघि आफ्नो उम्मेदवारी घोषणा गर्दै इङ्ल्याण्ड राज्यमा रहेका नेपाली समुदायको समुन्नत, समावेशी र उत्तरदायी नेतृत्व आवश्यक रहेको स्पष्ट संकेत दिएकी थिइन्। झन्डै दुई दशकदेखि बेलायतमा बसोबास गर्दै आएकी थापा, यही अवधिभर सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएकी छन्। उनले नेपाली सामाजिक संघ–संस्थाहरूमा अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, मिडिया सचिव तथा प्रवक्ताको भूमिकामा रहेर अनुभव संकलन गरेकी छन्। हाल (२०२३–२०२५) को कार्यकालमा उनी इङ्ल्याण्ड राज्य परिषद्को कोषाध्यक्षका रूपमा क्रियाशील थिइन्, जहाँ आर्थिक अनुशासन, पारदर्शिता र संस्थागत विकासमा उनको योगदान उल्लेखनीय रह्यो।
 विपद् व्यवस्थापनदेखि महिला सशक्तिकरण, युवापुस्ताको क्षमता विकास, आपत्कालीन राहत अभियान, तथा नेपालप्रतिको भावनात्मक सम्बन्ध मजबुत बनाउन उनले नेतृत्वदायी भूमिका खेलेकी छन्। २०८० मा आएको जाजरकोटको भूकम्पमा पनि बेलायतबाट राहत संकलन गरी नेपाल पठाउने अभियानमा पनि उनी अग्रणी थिइन्। साथै, व्यवसायिक क्षेत्रमा पनि उनी property business मा सफलतापूर्वक सक्रिय रहँदै उद्यमशीलता र सामाजिक सेवाबीच सन्तुलन कायम गरेकी छन्। थापाले निर्वाचनपश्चात धन्यवाद दिँदै भनिन्, “म पारदर्शी, उत्तरदायी र सहभागी नेतृत्वमार्फत इङ्ल्याण्ड राज्य परिषद्लाई आदर्श सामाजिक संस्था बनाउने दृढ संकल्पका साथ अघि बढ्नेछु।” उनी भएकी हुन्, जसले आगामी दिनमा नेतृत्वमा महिला सहभागिताको ढोका अझ फराकिलो बनाउने अपेक्षा गरिएको छ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...