pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा नगरद्वारा आर्थिक बर्ष २०८०/०८१ को वार्षिक समिक्षा सम्पन्न

FB_IMG_1725200312376-1725200933.jpg

थाहा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१मा संचालन गरेको विकास योजना तथा सेवा प्रवाहको विषयमा वार्षिक समिक्षा कार्यक्रम गरेको छ । थाहा नगरपालिकाले १६ भाद्रमा पालुङ जेसिजको सभाहलमा वार्षिक समिक्षा कार्यक्रमको आयोजना भएको हो ।

थाहानगर प्रमुख विष्णु विष्टको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली तथा प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी , वडा अध्यक्षहरु,कार्यपालिका सदस्य  तथा महाशाखा र शाखा प्रमुखहरु तथा पत्रकारहरुको उपस्थिती रहेको थियो । 
कार्यक्रममा नगरपालिकाको वित्तिय प्रतिवेदन लेखा अधिकृत अम्बर जिसी , योजना सम्बन्धी योजना महाशाखा प्रमुख डम्बर बहादुर विश्वकर्मा, सामाजिक विकासको अनिल लामिछाने, कृषि सम्बन्धी शाखा प्रमुख संजय तिवारी, पशु शाखाको डाक्टर निकाश भोलोन , महिला बालबालिकाको प्रतिमा मोक्तान,शिक्षा शाखाको माधव विक्रम मल्ल,सूचना तथा पर्यटनको सुरज कुमार भुजेल,रोजगार संयोजक कुमार नेगी,सामाजिक सुरक्षा शाखाको रुपक कार्की,सहकारीको अस्मिता तिवारी,न्यायीक समितिको गोपी कार्की,उद्योग तथा राजस्वको रोजिना खड्का,जिन्सी शाखाको सुदर्शन पहेलि,प्रशासनको उमेश श्रेष्ठ,सामी परियोजनाको मेलिना खत्री,स्वास्थ्य शाखाका मेघराज बलामीले प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा थाहा नगरका  सबै १२ वटै वडाको वडा सचिवहरुले वार्षिक कार्यक्रम र सेवा प्रवाहको विषयमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा नगर प्रमुख तथा उपप्रमुखले  शुभकामना व्यक्त गरेका थिए। 

समिक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले सबै शाखा र विषयगत शाखा र वडा कार्यालयहरुको प्रस्तुतीकरणका लागि धन्यवाद दिए । गिरीले अब त्रैमासिक समिक्षा समेत गरिने बताए । उनले समिक्षा कार्यक्रमले कतिपय सुधार गर्नुपर्ने पक्षलाई पनि औलयाउने भयकोले यसले पालिका र वडाको काममा थप उर्जा दिने बताए ।
 नगर प्रमुख विष्णु विष्टले समिक्षा पश्चात् पालिकाको विकासको अवस्था थाहा पाइने हुँदा उपलब्धीलाई संस्थागत गर्दै थप उपलब्धीका लागि योजना मद्दत गर्ने बताए ।

FB_IMG_1725200315485-1725200933.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...