himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

थाहा नगरको १४ औं नगरसभा सम्पन्न

FB_IMG_1704899220186-1704899298.jpg

मकवानपुर थाहा नगरपालिकाको १४ औं नगरसभा भएको छ । २५ पुसमा पालुङ जेसिज सभाहलमा भएको सभाले चालु आर्थिक वर्ष २०८०/०८१ को हालसम्मको समिक्षा सहित केही आयोजनाहरु संशोधन तथा रकमान्तर गरेको छ । सभाले समिक्षा र रकमान्तरको प्रस्तावहरु बहुमतले पारित गरेको छ ।

पालिकाले १३ औं नगरसभा पश्चात् गरेको कार्यक्रमहरुको समिक्षात्मक वक्तव्य नगर उपप्रमुख भरत गोपालीले सभामा प्रस्तुत गरेका थिए । उपप्रमुख गोपालीले चालु आर्थिक वर्षको हालसम्म २५.८८ प्रतिशत वित्तिय प्रगती हासिल भएको बताए । जसमा चालु खर्च ३५.७९ प्रतिशत र पुँजीगत १३.३ प्रतिशत वित्तिय प्रगती भएको उल्लेख गरे । पालिकाको विषयगत क्षेत्रतर्फ कार्यलय संचालन तथा प्रशासनिक क्षेत्रतर्फ ३५.०१ प्रतिशत, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ १५.६ प्रतिशत, पूर्वाधार विकास क्षेत्रतर्फ १५.९२ प्रतिशत, सामाजिक विकास क्षेत्रतर्फ ३६.६१ प्रतिशत र आर्थिक विकास क्षेत्रतर्फ ६.७६ प्रतिशत वित्तिय प्रगती हासिल गरेको छ ।

चालु आर्थिक वर्षका लागि १ अर्ब ३ करोड ७० लाख ६४ हजार ८ सय ३५ रुपियाँ बराबरको बजेट स्वीकृत गरेको थाहा नगरपालिकालाई हालसम्म ४८.२२ प्रतिशत वास्तविक आय भएको उपप्रमुख गोपालीले सभामा जानकारी गराए । चालु आर्थिक वर्षको हालसम्मको अवधिमा ७ वटा कार्यविधि पारित गरेको, आर्थिक वर्ष २०७८/०७९ सम्मको बेरुजू मध्ये ५ करोड ५० लाख फछ्र्यौट गरेको, अनुमानित आन्तरिक आय मध्ये ६ करोड ३४ लाख ८१ हजार ९ सय २९ अर्थात २६.०९ प्रतिशत राजश्व संगलन भएकोलगायतका उपलब्धीहरु सभामा उपप्रमुख गोपालीले जानकारी गराए ।

यसैबीच थाहा नगरपालिकाको १४ औं नगरसभाले २ करोड ५७ लाख बजेट रकमान्तर गरेको छ । सभाले विभिन्न वडागत ४६ लाख, सहकारी शाखाको ५० हजार, प्रशासन शाखाको ५ लाख, वातावरण शाखाको ७ लाख, खेलकुद विकासतर्फ ५ लाख, सामाजिक विकासको ८ लाख, पशु विकासको १४ लाख, शिक्षाको ६ लाख बजेट रकमान्तर गरेको हो । त्यस्तै सूचना प्रविधिको ५ लाख ५० हजार, कृषिको ५ लाख ५० हजार, स्वास्थ्यको ५ लाख २५ हजार र योजना महाशाखा अन्तर्गत १ करोड २ लाख बजेट रकमान्तर भएको नगरपालिकाले जनाएको छ ।

सभाले करार सेवामा कार्यरत कर्मचारीहरुको म्याद थप गर्ने, पालिकाको कर्मचारी संगठन संरचना, राजश्व परामर्श समितिले सिफारिस गरेको निर्णयहरुलाई समेत बहुमतले पारित गरेको छ । त्यस्तै नगरसभा अन्तर्गत रहने गरी विधायन समिति र लेखा समिति गठन तथा विकास तथा सुशासन समितिमा एकजना सदस्य थप गर्ने निर्णय समेत गरेको छ । नगरसभाकै अवसरमा थाहा नगरपालिकामा लामो समयसम्म करार सेवामा रही सेवानिवृत्त भएका धनलाल देउला, धनमायाँ देउला, तेज बहादुर थिङ र लोक बहादुर श्रेष्ठलाई जनही ५० हजार नगदसहित सम्मान तथा विदाई गरेको छ ।

सभामा सबै जनप्रतिनीधिहरु, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, प्रशासन महाशखा प्रमुख नबिन खालिङलगायत पालिका तथा वडा कार्यालयका कर्मचारीहरुको उपस्थिती थियो ।

FB_IMG_1704899271096-1704899298.jpg
FB_IMG_1704899265520-1704899327.jpg
FB_IMG_1704899259233-1704899327.jpg
FB_IMG_1704899247539-1704899358.jpg
FB_IMG_1704899242541-1704899358.jpg
FB_IMG_1704899237165-1704899384.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg