pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा नगरको वडा न १२ मा लिति खानेपानी आयोजना उद्घाटन, २०५ घरधुरी लाभान्वित

FB_IMG_1749823972327-1749824174.jpg

थाहा — मकवानपुरको थाहा नगर वडा न १२ मा लिति खानेपानी आयोजना एक औपचारिक समारोहबीच उद्घाटन गरिएको छ। आयोजनाबाट लिति क्षेत्रका २०५ घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने जनाइएको छ।

 वडा न १२ को अध्यक्ष टिकाराम स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा  प्रमुख अतिथिका रूपमा थाहा नगर प्रमुख विष्णु बिष्टले आयोजनाको उद्घाटन गर्नुभएको थियो। उहाँले स्थानीय विकासका लागि सबै निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै भन्नुभयो:"खानेपानी जस्तो आधारभूत आवश्यकतामा लगानी हुनु आफैंमा सन्तोषको विषय हो। यो आयोजना केवल पानीको प्रवाह होइन, विकासको संकेत हो।"

विशिष्ट अतिथिका रूपमा उपस्थित च्वाइस यूएसएका सीईओ ह्यादरले नेपाली समुदायप्रति आफ्नो संस्थाको प्रतिबद्धता व्यक्त गर्दै भने:
"हामी स्थानीय समुदायको जीवनस्तर सुधार्न काम गरिरहेका छौं। यस्तो आयोजनामा सहकार्य गर्न पाउँदा हामी गौरवान्वित छौं। पानी जीवन हो, र हामी जीवनमा सकारात्मक परिवर्तन ल्याउन चाहन्छौं।"

च्वाइस नेपालका कार्यकारी निर्देशक प्रतीक शर्माले आयोजनाको सफल कार्यान्वयनमा स्थानीय सहभागिता महत्वपूर्ण रहेको उल्लेख गरे। उहाँले भन्नुभयो "यो आयोजनाको मूल मन्त्र हो – समुदायको नेतृत्वमा विकास। स्थानीयको श्रमदान,  इच्छाशक्ति र नगरपालिका र वडा संगको सहकार्यबिना यो सम्भव हुने थिएन। यो नमूना हो, जुन अरू ठाउँमा पनि लागू गर्न सकिन्छ।"

मेल खोला मुहानबाट झिकिएको पानीलाई १९ किलोमिटर लामो पाइप लाइनमार्फत गाउँको प्रत्यक घरसम्म ल्याइएको हो। कुल लागत १ करोड ६५ लाख रुपैयाँ बराबरको यस आयोजनामा थाहा नगरपालिकाबाट ६० लाख, च्वाइसबाट ८० लाख र स्थानीय श्रमदानबाट २५ लाख बराबरको योगदान भएको विवरण च्वाइसका प्रताप घिमिरेले जानकारी दिए।

पानीको ट्याङ्की निर्माणका लागि काले स्याङ्तान, वीर सिंह घलान, श्याममाया वाइवा, फाउते सिंह गोले, राम बहादुर स्याङ्तान र माइली स्याङ्तानले जग्गा दान गरेका थिए जग्गा दाताहरुलाई सम्मान गरिएको कार्यक्रममा नागदह आधारभूत विद्यालयका १० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको थियो भने कार्यक्रम अन्तरदेशीय सांस्कृतिक आदान–प्रदानले थप रंगीन बनाइएको थियो।
उद्घाटन समारोहमा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान,थाहा १२ का वडा सदस्यहरु युवराज जिम्बा,सुरेश घलान,सुनिता दर्जी,सुकमाया थिङ,प्रकाश स्याङ्तान निर्माण समिती अध्यक्ष हिरामान घलान,थाहा नगरपालिका सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने,ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबू अर्याल,साना किसान सहकारीका अध्यक्ष किरणमान बल लगायत च्वाइस नेपाल,डोटेरा अमेरिकाका प्रतिनिधि तथा स्थानीयको उपस्थित रहेको थियो।

 

FB_IMG_1749823977562-1749824174.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...