himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

थाहा नगरको पवित्र स्थल शंखमुलमा मोक्ष धाम निर्माणको लागि मुख्यमन्त्री सहित स्थानिय अगुवा बिच बृहत छलफल

FB_IMG_1741787175339-1741787817.jpg

पशुपतिनाथमा रहेको शङ्खमूल र मकवानपुरको थाहा नगरपालिकास्थित त्रिवेणी शङ्खमूल विश्वका प्रमुख तीन शक्तिशाली शङ्खमूल मध्येमा पर्छन् । नेपालमा कयौं शङ्खमूलमध्ये यी दुई शङ्खमूलको पौराणिक महत्वबारे नेपाल महात्मे हिमवत खण्डमा उल्लेख भएको धार्मिक गुरुहरुको दाबी छ । विश्वका तीन प्रमुख शङ्खमूलमा एउटा भारतमा रहेको बताइन्छ ।
धार्मिक शास्त्रअनुसार विश्वको तीन शङ्खमूल मध्ये ऋषेश्वरबाट उत्तर बगेको नारायणी नदी र पश्चिम त्रिवेणीघाटबाट पूर्व बगेको संगमस्थल नै विश्वको एक शङ्खमूल गंगा भएको जनविश्वास छ ।
धार्मिक दस्तावेजहरुको आधारमा थाहा नगरपालिका को ३ नम्बर वडाको घट्टेचौरमा अवस्थित त्रिवेणी शङ्खमूल विश्वकै पवित्र स्थल रहेको दाबी गरिएको छ । यसको पौराणिक महत्वलाई संरक्षण र प्रवर्द्धन गर्दै शङ्खमूललाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य थाहा नगरपालिकाको छ ।

पहिलो चरणमा थाहा नगरपालिकाले स्थानीय अगुवाहरुको भेला गरेर यसको धार्मिक दस्तावेजमा उल्लेख भएका विषयमा संवाद गरेकोमा दोस्रो पटक थाहा नगरपालिकाको एतिहासिक धार्मिक क्षेत्र भद्रतिर्थ पाण्डुकेश्वर त्रिवेणी शंखमुल नारद तिर्थको महत्व र मोक्ष धामको रुपमा बिस्तारको आवश्यकता सम्बन्धि छलफल तथा प्रवचन कार्यक्रम सम्पन्न भएको छ।
छलफल कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामाले थाहा नगरपालिकामा बन्न लागेको बृहत् शंखमुल धामको लागि प्रदेश सरकारले सक्दो आर्थिक तथा नैतिक सहयोगको प्रतिवद्द्द्ता जनाउनुभएको छ।
शंखमुलमा आयोजित छलफलमा मुख्यमन्त्री लामाले सबैको हातेमालो भएमात्र निर्माणको काम सम्पन्न हुन सक्ने बताउदै सबैको अपन्त्वबाट मोक्ष धामको निर्माण सम्पन्न गरि थाहा नगरपालिकालाई धार्मिक पर्यटनको रुपमा बिकास गर्न सकिने उल्यख गरे।

छलफल कार्यक्रममा काठमाडौंस्थित शान्तिधामका मठाधीश १००८ स्वामी चतुर्भुजाचार्य चूडामणि महाराजले त्रिवेणी शङ्खमूलको पौराणिक महत्वबारे बताए ।

चूडामणि महाराजले धार्मिक ग्रन्थहरुको आधारमा थाहाको शङ्खमूल विश्वकै पवित्र भूमि भएको दाबी गरे । ‘हिमवत खण्डको अध्याय ११२ मा यो शङ्खमूलको विषयमा प्रष्टसँग उल्लेख गरिएको छ, यो नै ठूलो प्रमाण हो,’ उनी भन्छन्, ‘शंखुकर्ण दैत्यले युद्ध गरेर भगवान शंकरबाट वरदान पाएको ठाउँ हो यो । यहाँ देवता र दैत्यबीच ठूलो लडाइँ भएको थियो ।’

भगवान शंकरले वित्रेणी शङ्खमूलको वैभव देखेर नारायणलाई समेत धर्तीमा उतारी युद्धसन्धि भएको उनले दाबी गरे । त्रिवेणी शङ्खमूल भएको ठाउँ पातालगंगा भएको धार्मिक दस्तावेजहरुमा उल्लेख भएको उनको भनाइ छ ।

थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपालीले शङ्खमूलको प्रमाणित स्रोतको खोजी गर्ने क्रममा मठाधीश श्रीचतुर्भुजाचार्य चूडामणि समक्ष पुगेको बताए।
गोपालीले त्रिवेणी शङ्खमूलको पूर्वाधारसँगै धार्मिक पर्यटनका हिसाबले विकास गरिने योजना प्रस्तुत गरे । शङ्खमूलसँग धार्मिक महत्व जोडिएको नजिकै रहेका ऐतिहासिक पाण्डुकेश्वर मन्दिर भद्रतीर्थको पनि विकास गरिने गोपालीले उल्लेख गरेका छन् । पौराणिक महत्वअनुसार पालुङको शङ्खमूलको समग्र विकास आवश्यक रहेको र यसलाई तीव्रता दिइने उनी बताउँछन्।

शङ्खमूलमा मन्दिर, पुष्पबाटिका, किरियापुत्री घर,मोक्ष नारायणको मन्दिर,गौशाला भद्र तिर्थ,एकसय आठ धारा,सहित धर्मशाला लगायतका पूर्वाधार निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए । शङ्खमूलसँगै रहेको पुरानो सरस्वती मन्दिरको पनि संरक्षण गरिने उनले बताए । ‘यो विश्वको तीन मुख्य शङ्खमूल मध्ये एक हो । शङ्खमूललाई देशकै प्रमुख धार्मिक पर्यटनको दृष्टिकोणले विकास गर्ने योजनामा छौं,’ उपप्रमुख गोपाली भन्छन् ।
थाहाका  नगर प्रमुख विष्णुबहादुर विष्टले चूडामणि महाराजले शङ्खमूलको धार्मिक महत्वबारे प्रमाणमा आधारित भएर बताएपछि अगाडि बढ्न सहज भएको बताए । शङ्खमूल बारे आफूले सुनेका कुरा प्रमाणकै रुपमा पाउँदा निर्धक्कताको महसुस भएको विष्टले सुनाए । शङ्खमूललाई धार्मिक क्षेत्रको रुपमा विकास गर्न बृहत्तर शङ्खमूल विकास समिति गठन गरेरै अघि बढ्ने उनको योजना छ ।
शंखमूललाई धार्मिक क्षेत्रको रुपमा विकास गर्नका लागि पालिकाको पहलमा केही कामहरु भैरहेको बताउँदै वृहत्तर शङ्खमूल विकास समिति गठन गरेरै अघि बढ्ने बताए । ‘पालिकासंग थोरै बजेट हुन्छ, विकासका काममा छेउ पनि पुग्दैन, त्यसैले मुख्यमन्त्री संग पनि सहयोगको अपेक्षा गरेका छा’ैं, प्रमुख विष्टले भने ‘संघ र प्रदेश सरकारसंग पनि हामी पहल कदमी गर्छौ ।’ पवित्र स्थल शंखमूलको विकासका लागि सरकार र समुदाय सबै एक हुनुपर्ने प्रमुख विष्टको भनाइ थियो ।

कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझीले वडाको गौरबको योजनाको रुपमा अघि सार्दै गरेको भए पनि बजेट अभावमा सपना सपनामै सीमित रहेको सुनाए । अध्यक्ष रायमाझीले भने, –‘प्रदेश र संघीय सरकारले ऐतिहासिक क्षेत्रमा सम्पदा निर्माणका लागि सहयोग गरिदिन पर्यो ।’

शङ्खमूल मात्र नभई धार्मिक हिसाबले थाहा नगरपालिका यसै प्रख्यात छ । यहाँ ऐतिहासिक कर्षश्वर मन्दिर, पाण्डुकेश्वर मन्दिर, इन्द्रायणीमाई, बज्रबाराही माई, स्वचन्द भैरव, पाथीभरा मन्दिर, गोरखनाथधाम प्रमुख धार्मिक क्षेत्र हुन् ।

धार्मिक क्षेत्रले प्रख्यात थाहाले सांस्कृतिक सहरको परिचय पनि बनाएको छ । यहाँ हरेक वर्ष थुप्रै धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने गरेको छ । पर्यटकीय दृष्टिकोणले थाहानगर सम्भावना भएको क्षेत्र हो ।

कार्यक्रममा थाहा नगरपालिका नगर कार्यपालिकाका पूर्व नगर उपप्रमुख खड्ग गोपाली, नेकपा माओवादी केन्द्रका अरुण रायमाझी, एमाले थाहाका अध्यक्ष सुरेन्द्रमान प्रधान,थाहा २ का पूर्व वडाध्यक्ष गुप्त बहादुर कार्की, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल, जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्कीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा थाहा नगरपालिकाका वडाध्यक्षहरु, राजनीतिक दलका प्रमुखहरु, स्थानीय धार्मिक संघसंस्स्थाका अध्यक्ष तथा प्रतिनीधिहरु र विभिन्न सामुदायिक संघसंस्थामा आवद्ध व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

श्रीचतुर्जुजाचार्य चूडामणिजी महाराजले प्रमाणका आधारमा प्रस्तुत भनाइको सम्पादित अंशः

शंखुकर्ण दैत्यले युद्ध गरेर भगवान शंकरबाट वरदान पाएको ठाउँ हो यो । यहाँ देउता र दैत्यबीच ठुलो लडाइ भएको थियो । भगवान शंकरले यहाँ वैभव देखेर नारायणलाई समेत धर्तीमा उतारी युद्धसन्धी भएको थियो । भगवान अन्तरंङ्ग रुपमा खुशी भएर नेत्रबाट जलविन्दु उत्पत्ती भएको थियो । यहिँ ठाउँ पातालगंगा हो । यहि दुई नदीको संगमस्थलमा जल हुनै पर्छ नभए भोलि डोजर लाएर हेर्नुस् कुवा वा कुनै नदीको स्रोत हुनै पर्छ । यस अघि कोही कसैले देख्नू भएको पनि होला ।


यसलाई पातालगंगको समेत नाम दिइएको छ । शंखुकर्ण दैत्यले विजय प्राप्त गरेको, मोक्ष प्राप्ती गरेको, भगवान शंकरको अश्रुबिन्द परेको एउटा नारायणी गंगा जुन नारायण तिर्थबाट आएको र ऋषेश्वरबाट आएको ऋक्षेमती गंगाको संगम भएको यहिँ ठाउँ शंखमूल हो । यो विश्व प्रशिद्ध ठाउँ हो ।

यहाँ पौषे औसीमा गरेको पितृहरुको श्राद्ध कुनै प्रकारको तुलना छैन । गया, काशी, उत्तरगया, गोकर्ण आदि तिर्थहरुमा गरिएको भन्दा पनि उत्तम फल यहाँ पाइन्छ । युद्ध सकिएपछि शंङ्खमूल नामाकरण गरेपछि यहाँ देवर्षि नारद आएर पहिलो स्नान गर्नु भएको हो । देवर्षि शंखमूलमा स्नान गरेर ऋष्ोश्वरमा बस्नु भएको हो । त्यो ठाउँ अहिलेको ऋष्ेश्वर हो । शंखमुलको स्नान, मोक्षनारायणको दर्शन र पाण्डुकेश्वरको दर्शन गरे कुनै अश्वमेघ यज्ञ गर्नुपर्दैन ।

https://youtu.be/87dhnZjx87U?t=437
FB_IMG_1741789557029-1741789575.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg