pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा नगरको न्यायीक समितिमा जग्गाकै मुद्दा धेरै,

FB_IMG_1725439790760-1725439812.jpg

स्थानीय सरकारको न्यायिक निरुपणप्रति नागरिकको विश्वास बढ्दो छ । यसको प्रत्यक्ष उदाहरण हो, मकवानपुर थाहा नगरपालिकाको न्यायिक समितिको कार्यसम्पादन तथ्याङ्क । नगरपालिकाको न्यायिक समितिको तथ्याङ्क अनुसार उजुरी बढेपनि मेलमिलापको संख्या सोही अनुसार बढ्दै गएको छ । यो तथ्याङ्कले समिति नागरिकहरुको भरोसाको केन्द्र बन्दै गएको देखिएको हो । आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ को तथ्याङ्कलाई हेर्ने हो भने मुद्दा छिनोफानोका लागि पालिकाको न्यायिक समितिलाई नै बढि विश्वास गरेर निवेदन दिने गरेको पाइएको छ ।

थाहा नगरपालिकाको न्यायिक समितिमा अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा जम्मा ४४ वटा उजुरी परेकोमा अर्थिक वर्ष २०८०/०८१ मा त्यो संख्या बढेर ६१ पुगेको उपप्रमुख तथा न्यायिक समिति संयोजक भरत गोपालीले जानकारी दिए । ‘उजुरीका लागि कतिपयले फोन गर्छन्, उनीहरुलाई विधिवत रुपमा निवेदन दर्ता गराउनुस्, प्रक्रिया अनुसार गर्नुपर्छ भन्ने गरेको छु,’ संयोजक गोपालीले भने । गोपालीका अनुसार–‘विवाद भैहाले त्यसको छिनोफानो नगरपालिकाको न्यायिक समितिले गरिदिने आशमा निवेदन पर्ने गरेको छ ।’ ‘न्यायिक समितिमा दुवै पक्षलाई राखेर राम्ररी बुझाएपछि मेलमिलाप गरेर फर्कन्छन्, दुवैपक्ष खुशी हुन्छन् संयोजक गोपालीले भने–‘यहि हो, न्यायिक समितिको कामको सौन्दर्यता ।’ न्यायिक समितिमा वर्षेनी उजुरी दिनेको संख्या बढ्दै गएको गोपालीको भनाइ छ । ‘कतिपयलाई न्यायिक समितिको छलफल चित्त बुझ्दैन, अदालत जाने बाटो खुल्लै छ’, उनले भने ।

आर्थिक वर्ष २०७९/०८० मा ४४ वटा निवेदन दर्ता भएकोमा ३ वटा मात्र अदालत गएका छन् । यो भनेको ६.८१ प्रतिशत हो । त्यसैगरी २९ वटा मेलमिलाप भएको र सोही आर्थिक वर्षमा ९ वटा विचाराधिन रहेको थियो भने ३ वटा तारेखमा छाडिएको थियो ।

त्यसैगरी आर्थिक वर्ष २०८०/०८१ मा ६१ वटा दर्ता भएकोमा ४ वटा अदालत गएका छन् । यो अदालत गएको संख्या भनेको कुल निवेदन दर्ताको ६.५५ प्रतिशत हो । यो तथ्याङ्क हेर्ने हो भने न्यायिक समितिको निर्णय चित्त नबुझेर अदालत जानेको संख्या घटेको छ । ‘न्यायिक समितिमा निवेदन दिनेको संख्या बढ्नु, अदालत जानेको संख्या घट्नु भनेको न्यायिक समितिप्रतिको विश्वास बढ्नु हो’–थाहा नगरपालिकाका कानूनी सल्लाहकार अधिवक्ता प्रविण हुमागाइले भने । सोही आर्थिक वर्षको अवधिमा ९ वटा निवेदन विचाराधिन छ भने ५ वटा तारिखमा रहेको न्यायिक समितिको तथ्याङ्क छ । थाहानगर न्यायिक समितिको सदस्यहरुमा बम बहादुर सिन्तान र अनिता बल रहेका छन् ।

न्यायिक समितिमा जग्गाकै मुद्दा धेरै

थाहा नगरपालिकामा सुनुवाइका लागि पेश हुने निवेदनमा जग्गा विवादका मुद्दा सबैभन्दा बढि रहेको पाइएको छ । आर्थिक वर्ष २०७९÷०८० मा २० वटा दर्ता भएको थियो । त्यसैगरी आर्थिक वर्ष २०८०/०८१ मा २५ वटा जग्गा विवादको मुद्दा दर्ता भएको छ । दुई आर्थिक वर्षमा कुल १ सय ५ वटा निवेदन दर्ता भएकोमा ४५ वटा त जग्गा विवादकै रहेको छ । यो संख्या भनेको कुल मुद्दा संख्याको ४२.८५ प्रतिशत हो । त्यसोतः दुई आर्थिक वर्षमा अदालत गएका ७ मध्ये २ वटा मुद्दा जग्गा विवादकै रहेको छ ।

आर्थिक वर्ष २०७९/०८० मा पशुपक्षी सम्बन्धी ३ वटा उजुरी परेकोमा ३ वटै मेलमिलाप भएको छ । श्रीमान श्रीमतीको झगाडा शीर्षकका १० वटा मुद्दा परेकोमा १ वटा मेलमिलाप भई एउटा अदालत गएको छ भने एउटा निवेदनमाथि विचाराधिन अवस्थामा रहेको न्यायिक समितिको तथ्याङ्क छ । सार्वजनिक जग्गा बाटो विवादमा ३ वटा मुद्दा परेकोमा एउटा मेलमिलाप भई २ वटा विचाराधिन अवस्थामा छ । अंश सम्बन्धी विवादमा २ वटा निवेदन परेकोमा एउटा अदालत गएको छ भने एउटा मेलमिलाप भएको छ ।

साँधसीमाना विवादको सोही आर्थिक वर्षमै सबैभन्दाबढि २० वटा मुद्दा दर्ता भएकोमा १३ वटा मेलमिलाप भएको छ । एउटा अदालत गएको छ भने ३ वटा विचाराधिन र ३ वटा डिसमिस भएको छ । आर्थिक लेनदेनको ३ वटा निवेदन परेकोमा २ वटा मेलमिलाप भएको छ भने एउटा विचारधिन रहेको छ । बलेसीमा पानी झारेको एउटा मुद्दा दर्ता भएकोमा मिलमिलाप भई विवाद समाधान भएको न्यायिक सहजकर्ता गोपी कार्कीले बताइन् ।

यसैबिच गत आर्थिक वर्ष २०८०/०८१ मा जग्गा विवादको २५ वटा मुद्दा दर्ता भएकोमा २ वटा अदालत गएको छ । ११ वटा मेलमिलाप भएको छ । विचाराधिन ८ वटा रहेको छ भने ४ वटा डिसमिस भएको छ । श्रीमान श्रीमतीको झगडा ७ वटा मुद्दा दर्ता भएकोमा ५ वटा मेलमिलाप भएको छ । एउटा विचाराधिन र एउटा डिसमिस भएको छ । बाटो विवादमा ४ वटा मुद्दा दर्ता भएकोमा ३ वटा मेलमिलाप भएको छ भने एउटा विचाराधिन छ । जग्गा रोका फुकुवा सम्बन्धी ३ वटा उजुरी परेकोमा एउटा मेलमिलाप भई २ वटा विचाराधिन अवस्थामा रहेको सहजकर्ता कार्कीले जानकारी दिइन् ।

बलेसी सार्वजनिक जग्गा झारेको साँध सीमाना विवादमा ३ वटा उजुरी परेकोमा २ वटा मेलमिलाप हुँदा एउटा मुद्दा विचाराधिन छ । गाली बेइज्जती तथा कुटपिटको ५ वटा निवेदन दर्ता भएकोमा ५ वटै मेलमिलाप भएको छ । ज्येष्ठ नागरिकको पालनपोषण नगरेको २ वटा उजुरीमाथि सुनुवाइ हुँदा २ वटै मुद्दा मेलमिलाप भएको छ । ज्याला तथा घरभाडा विवादमा ६ वटा मुद्दा परेकोमा ४ वटा मेलमिलाप भएको छ । एउटा अदालत गएको छ भने एउटा मुद्दा विचाराधिन अवस्थामा रहेको न्यायिक सहजकर्ता कार्कीले जानकारी दिइन् ।

सशक्तीकरणमा लगानी, सक्रिय मेलमिलाप केन्द्र

पालिका क्षेत्रमा हुने सानातिना मुद्दालाई मिलाउन वडास्तरमै सुनुवाइ हुने व्यवस्था गरिएको छ । पालिकाको १२ वटै वडामा मेलमिलाप केन्द्र गठन भएका छन् । एक संयोजकसंहित तीन सदस्य रहेको मेलमिलाप केन्द्र न्यायिक सुनुवाइको लागि सक्रिय रहेको न्यायिक सहजकर्ता गोपी कार्कीले जानकारी दिइन् ।

न्यायिक समितिले वर्षेनी पालिकास्तरमा न्यायिक समितिका पदाअधिकारीहरुका लागि क्षमता अभिवृद्धि तालिम संचालन गर्नुले न्यायिक निरुपणमा सहयोग मिलेको छ । स्थानीय सरकार गठन बेलाबाटै सत्रmिय न्यायिक समिति क्रमशः परिपक्व हुँदै गएको गएको छ ।

 

 

 

 

 

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...