Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

थाहा नगरको चालू खर्च ३५ प्रतिशत र पुँजीगत १४ प्रतिशत

bisnu1-1673513861.jpg

थाहा नगरपालिकाको आर्थिक बर्ष २०७९/०८० को संशोधित बजेट योजना तथा कार्यक्रम सहित हिउँदे अधिवेशन मार्फत थाहा नगरपालिकाको १२ औं नगरसभामा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली द्वारा बजेट योजना तथा कार्यक्रम सहितको चालू आर्थिक बर्ष २०७९/०८० मा सम्पन्न भएको प्रगति समिक्षा प्रस्तुत गरेका छन।

नगर प्रमुख बिष्णु बिष्टको अध्यक्षतामा सम्पन्न १२ औं नगरसभामा उपप्रमुख गोपालीले चालू आर्थिक बर्षको हालसम्मको प्रगती समिक्षा प्रस्तुत गरे उपप्रमुख गोपालीले नगरपालिका भित्रका भौतिक पुर्वाधार विकास,सामाजिक विकास,वन वातावरण तथा विपद व्यवस्थापन ,आर्थिक विकास ,सुशासन तथा संस्थागत विकास,को समिक्षा सहितको संसोधित बजेट वक्तव्य मार्फत प्रस्तुत गरे। उपप्रमुख गोपालीले चालू आर्थिक बर्ष २०७९/०८० को हालसम्मको अवधिमा संघिय सरकारमार्फत आय तर्फ समानीकरण अनुदान तर्फ ७ करोड ८ लाख ८३ हजार ३ सय ३३ रुपैयाँ ,सशर्त अनुदान चालू १४ करोड ३० लाख ५० हजार ,बिशेष अनुदान पुजीगत ३३ लाख ३३ हजार ३ सय ३३ र समपुरक अनुदान पुजीगत २६ लाख ६६ हजार रुपैयाँ प्राप्त भएको बजेट पेश गर्दै बागमती प्रदेश सरकारबाट समानिकरण अनुदान प्राप्त नभएको र प्रदेश सरकार बाट सशर्त अनुदान तर्फ चालू आबमा ६० लाख ६० हजार,बिशेष अनुदान १८ लाख ७५ हजार,समपुरक अनुदान ७४ लाख ११ हजार २ सय ५०,र राजश्व बाडफाड तर्फ संघ र प्रदेश सरकारबाट ४ करोड ५४ लाख ६५ हजार तथा आन्तरिक श्रोत राजश्व शुल्क गतबर्षको बैंक मौज्दात अल्या समेत गरि २८ करोड ५७ लाख १ हजार ६ सय १८ अर्थात चालू आर्थिक बर्षको अनुमानित आयको ४८ प्रतिशत आम्दानी गर्न सफल रहेको बजेट वक्तव्य मार्फत बताए। त्यसैगरी खर्चतर्फ कार्यालय संचालन तथा प्रशासनिक क्षेत्र तर्फ ४६.४२ प्रतिशत ,सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ १०.१९ प्रतिशत ,पुर्वाधार विकास तर्फ १८.१८ प्रतिशत ,सामाजिक विकासतर्फ ३०.२२ प्रतिशत र आर्थिक विकासतर्फ २.७ प्रतिशत गरि २३.८८ प्रतिशत खर्च भएको तथा जस्मा चालू खर्च ३५.९ प्रतिशत र पुजिगत तर्फ १४.९३ प्रतिशत खर्छ भएको बजेट वक्तव्य मार्फत जानकारी दिनुभयो। ११ औं नगरसभा बाट १ अर्ब १७ करोड २ लाख १२ हजार ८ सय ६२ रुपैयाँको आयव्यय स्वीकृत भएको तथा सो बजेटमा थप श्रोत आम्दानी हुन नसकेको बजेट वक्तव्यमा भनियको छ।  

 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg