pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

थाहा नगरको कृषि,“वार्षिक निर्यात एक अर्ब,कृषिमा बजेट दुई करोड”

khorshani-1630572922.jpg

थाहा नगरबाट वार्षिक एक अर्ब भन्दा बढी को तरकारी निर्यात हुने तथ्यांक नगर सङ छ । वेमौशमी तरकारी उत्पादनमा नाम कमाएको थाहा नगरको उत्पादनले देशको ठुलै हिस्सामा तरकारी पु¥याउदै आएको छ । 
थाहा नगरको मुलनारा “कृषि” भएको र यहाँ का जनता को मुख्य पेसा पनि कृषि नै भएपनी थाहा नगरको कृषि निर्यातको तथ्याङ्क कोर्न किसान स्वम् को मेहन र सक्रियतामा निर्यात गर्न सफल भएको र नगरका कार्यक्रम र बजेट किसान सम्म पुगे अझ बढाउन सकिने किसान बताउछन् । 
वार्षिक एक अर्ब भन्दा बढी को तरकारी निर्यात हुने थाहा नगरमा कृषीका लागि एक करोड पैतिस लाख र संघयिय ससर्त अनुदान उनान्सत्तरी लाख पचास हजार मात्र बजेट छुट्टाइएको छ । जुन नगमा कृषीको विकासका लागि अर्पयाप्त हुने सरोकारवाला बताउछन् । 

छुट्टाइएका बजेट पनि विभिन्न कृषि समूह ,सहकारी मार्फत किसान समक्ष पुग्नेहुँदा साना किसान सम्म यी अनुदान हरु नपुग्ने थाहा का किसान हरुको गुनासो रहदै आइरहेको छ ।
नीति तथा नियम को कारण ले यस्तो समस्या भएको स्विकार्दै थाहा नगर कृषि शाखा प्रमुख सन्जय तिवारी ले साना किसान लक्षित कार्यक्रम हरु जस्तै ,टनेल प्लास्टिक ,स्प्रे पम्प ,मल्चिङ लगाएत का कार्यक्रम हरु तल्लो तहका किसान सम्म पुर्याउन  पहल भैरहेको बताउदै आलु को बीउ मा थाहा नगर लाई आत्मनिर्भर बनाउन को निम्ति पुर्बाधार भएको कृषि समूह ,सहकारी हरुलाइ पि भि एस आलु बीउ उत्पादन गर्न सहयोग गर्ने बताउनु भयो ।
थाहा नगर मा चौध हजार रोपनीमा आलु खेती हुने र तेस्को लागि एक हजार पचास टन आलुको बीउ लाग्ने गरेको छ । तेस्को लागि छ सय तीस टन आलुको बीउ भण्डारण गर्न नगर बाहिर का सितभण्डारमा लाने गरेको र चार सय बीस टन आलुको बीउ किसान आफैले घर र रस्टिक हाउस स्थानीय कोल्डस्टोर मा राख्नेगरेको तथ्यांक नगरसित रहेको छ ।

थाहामा कृषीमा कुन शीर्षक मा कति बजेट ?

 

  • नमुना टनेल ५०० बर्ग मिटर ५० वटा पचास प्रतिशत अनुदान मा बास ,मल्चिङ,थोपासिचाइ को लागि पैतिस लाख 
  • नमुना टनेल बीस वटा २६ लाख 
  • कृषि यान्त्रिकरण मिनि ट्रेलर बितरण १५ लाख 
  • पि भि एस आलुको बीउ उत्पादन कार्यक्रम को लागि ३ लाख 
  • बायोटिन कृषि चुन तीन लाख पचास हजार 
  • नियन्त्रण भन्दा बाहिर जाने रोग को लागि आकस्मिक बाली संरक्षण सेवा २ लाख 
  • बिसादी सम्बन्धि होर्डिङ बोर्ड को लागि १ लाख 
  • सिपोलिङ प्लास्टिक बितरण २०० थान ५०% अनुदान ५ लाख 
  • स्प्रे पम्प बितरण २०० थान ५ लाख ,
  •  बाजो जमिन ब्यबस्थापन कार्यक्रम को लागि ५ लाख ,
  •  किसान स्वास्थ्य सुरक्षा कार्यक्रम २ लाख  

तेसै गरि संघीय ससर्त अनुदान कार्यक्रम अन्तर्गत 

  • किसान सूचीकरण कार्यक्रम ३ लाख ,
  • कृषि पसु तथा मस्य तथ्यांक को लागि १ लाख ,
  • वडा  न १ र ३ मा रहेको आलु पकेट छेत्र बिकास को लागि १२ लाख,
  • नया तरकारी पकेट छेत्र को लागि १२ लाख ,फकफुल दसक अन्तर्गत ओखर को बिरुवा बितरण को लागि ५ लाख,
  • खाद्यान्न बाली उन्नत बीउ उपभोग मुल्यमा अनुदान १३ लाख ,
  • मध्य प्राविधि युक्त बहुउद्देश्यीय फलफूल नर्सरी स्थापना को लागि ७ लाख र
  •  बीउ आलु उत्पादन को लागि १० लाख छुट्टाइएको छ

थाहा नगर बाट कुन तरकारी कति रुपैया को निर्यात हुन्छ?


नगर भर १४०० हेक्टर मा तरकारी खेती हुन्छ । २०७७ को तथ्यांक अनुसार 

  • काउली १६ करोड 
  • बन्दा ६ करोड २५ लाख
  • मुला ५ करोड 
  • धनिया ३ करोड ५० लाख 
  • केराउकोसा १ करोड २५ लाख
  • भेडे खुर्सानी ११ करोड २५ लाख 
  • गोलभेडा १० करोड 
  • काक्रो ३ करोड ७५ लाख ,
  • गाजर ६ करोड 
  • पिरो खुर्सानी ७ करोड ३० लाख
  • अकबरे खुर्सानी १५ करोड 

को तरकारी गत आर्थिक बर्ष मा नगर बाट निर्यात भएको छ

 

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...