pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा नगरका १२ वटै वडाबाट युवाहरुको सहभागितासहित ‘थाहा सेवा समाज’ को तदर्थ समिति गठन

FB_IMG_1752318134605-1752321502.jpg

थाहानगरका १२ वटै वडाबाट युवाहरूको उल्लेखनीय सहभागितामा थाहा युवा समाजको १३ सदस्यीय तदर्थ समिति गठन गरिएको छ। चन्द्रागिरी पार्टी प्यालेसमा आज आयोजित भेलामा युवाहरूको जोशपूर्ण उपस्थिति रहेको थियो ।
‎समितिको अध्यक्षमा अर्जुन बस्नेत चयन भएका छन् भने उपाध्यक्षमा रचना बस्नेत र युवराज जिम्बा, सचिवमा सिम्रन खड्का,र सहसचिवमा राजीव विक्रम खड्का, (डेनी) र त्यसतै कोषाध्यक्षमा विकाश गुरुङ र राजु महर्जन चयन भएका छन्। अन्य सदस्यसहित १३ सदस्यीय समिति गठन गरिएको हो। भेलामा थाहामा पछिल्लो समय देखिएका विकृति, विसंगति, सामाजिक बेथिति र विकास अभावका विषयमा  छलफल गरिएको थियो। सहभागीहरूले  यस ‘थाहा सेवा समाज ’समूहलाई विधिवत र संस्थागत रूपमा अगाडि बढाउँदै दीर्घकालीन सामाजिक प्रभाव पार्ने कार्ययोजनाको खाका प्रस्तुत गरेका थिए। ‘थाहा सेवा समाज’ ले यस अघि पनि कोभिड–१९ महामारीको कठिन समयमा अत्यावश्यक खाद्यान्न वितरण, स्वास्थ्य सामग्री सहयोग, जनचेतना अभियान तथा संकटमा परेका परिवारलाई सहयोग गरेर सशक्त सामाजिक भूमिका निर्वाह गरेको थियो। साथै अन्य विभिन्न सामाजिक कार्यहरूमा अग्रणी भूमिका खेलिसकेको स्मरण गराउँदै, अबको यात्रालाई संगठित, उद्देश्यमुखी र प्रभावकारी बनाउने अठोट व्यक्त गरिएको छ। थाहामा भइरहेका राम्रा र नराम्रा गतिविधिहरूको खबरदारी, जनचेतना, सकारात्मक र सामाजिक उत्तरदायित्व बहन गर्नका लागि यो समूह गठन गरिएको जनाएको छ।  "हामी परिवर्तन चाहने मात्र होइन, परिवर्तन सम्भव बनाउने पुस्ता हौं। थाहामा जे–जस्ता विकृति छन्, त्यसको खबरदारी गर्दै राम्रा कामको प्रवर्द्धनमा लाग्नेछौं," भेलामा सहभागी युवाहरूको साझा धारणा थियो। थाहा सेवा समाजले अबदेखि थाहा नगरमा हुने शिक्षा, स्वास्थ्य, वातावरण, लैङ्गिक समानता, युवा नेतृत्व विकास लगायतका क्षेत्रमा सक्रिय भूमिका खेल्ने र सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने जनाएको छ।

https://www.thahapati.com/public/images/users/406865089_360696248959133-1702431864.jpg
सिम्रन खड्का
simran@gmail.com

सिम्रन खड्का थाहापाटी अनलाईनकी रिपोर्टर हुन् । समाचार,सूचना र जानकारीका लागि सम्पर्क गर्न सक्नुहुने छ

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...